काठमाडौं । नर्वेले फिफा विश्वकप युरोपियन छनोटमा लगातार दोस्रो जित दार्ता गरेको छ ।
नर्वेले बुधबार इजरायलविरुद्ध ४-१ को सहज जित निकाल्यो । लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको नर्वो समूह ‘आइ’ को शीर्षथानमा छ । पहिलो पराजय बेहोरेको इजरायल समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।
नाग्येर्देई रंगशालामा पाहुना टोली नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर टर्गेम्यान ।
खेलको २९औं मिनेटमा उल्फको गोलमार्फत नर्वेले अग्रता लिएको थिए । ५५औं मिनेटमा फानीले इजरायललाई बराबरीमा ल्याए ।
त्यसको चार मिनेटपछि नै सोर्लोथले गोल गर्दा नर्वे २-१ ले अगाडि बढ्यो । ६५औं मिनेटमा अजरले टोलीको अग्रता ३-१ मा पुर्याए ।
निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा हालान्डले गोल गर्दा नर्वेको अग्रता ४-१ मा पुग्यो । इन्जुरी समयमा टर्गेम्यानले इजरायलका लागि दोस्रो गोल गरे ।