चैत्र १९, २०८१ मंगलबार | ०६:२७:३४
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

ब्राजिलको पोस्टमा अर्जेन्टिनाको चार गोल

काठमाडौं । फिफा विश्वकप २०२६ मा स्थान बनाइसकेकाे साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई ४-१ ले हराएको छ ।

मंगलबार घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमोनले गोल गरेका थिए । ब्राजिलका लागि म्याथियस कुन्हाले गोल फर्काए । 

खेलको चौथो मिनेटमा अल्भारेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो । आठ मिनेटपछि फर्नान्डेजले टोलीको अग्रता दोब्बर बनाए ।

कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर ३७औं मिनेटमा एलिस्टरले गोल गर्दा अर्जेन्टिना ३-१ ले अगाडि बढ्यो ।

वैकल्पिक खेलाडी सिमोनले ७१औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ४-१ को सानदार जित दिलाए । देशका लागि यो उनको पहिलो गोल हो । 

बिहानमात्रै अमेरिकी छनोटमा उरुग्वे र बोलिभियाले गोलरहित बराबरी खेलेपछि शीर्ष स्थानको अर्जेन्टिना विश्वकपमा स्थान बनाएको थियो । अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको लागि छनोट हुने अर्जेन्टिना पहिलो दक्षिण अमेरिकी टिम बन्यो ।

यो जितपछि शीर्ष स्थानमा अर्जेन्टिनाले ८ अंकको अग्रता बनाएको छ । उसले १४ खेलमा १० जितसहित ३१ अंक जोड्यो । इक्वेडर २३ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको उरुग्वे र चाैथाे स्थानकाे ब्राजिलले पनि विश्वकपमा स्थान बनाउने सम्भावना छ । तर, बाँकी खेल जित्नै पर्ने दबाब दुवै  टोलीलाई छ ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले अघिल्लो पटक फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । साथै कोपा अमेरिकाको उपाधि लगातार दुई पटक जितिसकेको छ ।

यद्यपि, ब्राजिलविरुद्धका खेलमा मेसी उपलब्ध थिएनन् । मेसीसहित लौटारो मार्टिनेज घाइते हुँदा टिममा भएनन् । यता, घाइते नेयमार पनि ब्राजिलको टोलीमा थिएनन् । 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC