काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ । मंगलबार राति दक्षिण अमेरिकी छनोटमा उरुग्वे र बोलिभियाले गोलरहित बराबरी खेलेपछि शीर्ष स्थानको अर्जेन्टिना विश्वकपमा स्थान पक्का गर्याे ।
शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको अर्जेन्टिनाले अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको लागि छनोट हुने पहिलो दक्षिण अमेरिकी टिम बनेकाे छ ।
लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले अघिल्लो पटक फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो ।
अहिले छनोट खेलमा अर्जेन्टिना र ब्राजिल खेलिरहेका छन् । पहिलो हाफ सकिँदा अर्जेन्टिनाले ३-१ को अग्रता बनाएको छ । यो खेलमा बराबरी गरे पनि अर्जेन्टिना विश्वकपमा छनोट हुने थियो । तर, त्यसअघि नै उरुग्वे रोकिँदा अर्जेन्टिना विश्वकपमा स्थान बनाएको हो ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC