काठमाडौं । एएफसी एसिया कप छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलका लागि अनुभवी फरवार्ड अञ्जन विष्ट बिना नै नेपालको पहिलो रोजाइ सर्वाजनिक भएको छ ।
प्रशिक्षक म्याट रसले गत शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण खेलको टोलीबाट अञ्जनलाई बेन्चमा राख्दै मिडफिल्डर लाकेन लिम्बुलाई पहिलो रोजाइमा मौका दिएका छन् । हरि खड्का र निराजन रायमाझीसँगै १३ गोल गरिसकेका अञ्जन कीर्तिमानी गोलको संघारमा छन् ।
खेल मलेसियामा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । फिफा वरियतामा नेपाल भन्दा मलेसिया निकै बलियो छ ।
फिफा वरियतामा मलेसिया नेपालभन्दा ४३ स्थानमाथि छ । मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छन् । तर, सिंगापुरविरुद्ध १–० को जित निकालेपछि नेपापलको आत्माविश्वास बढेको छ ।
नेपालको पहिलो रोजाइ
गोलकिपरः किरण चेमजोङ (कप्तान),
रक्षकः अनन्त तामाङ, सनिस श्रेष्ठ, समुन श्रेष्ठ, रोहित चन्द,
मिडफिल्डरः एरिक विष्ट, सुमित श्रेष्ठ, मनीष डाँगी, आयुश घलान, लाकेन लिम्बु
स्ट्राइकरः जिलेस्पीजंग कार्की