काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि काठमाडौं रेजर्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
काठमाडौंले सोमबार सेतो र रातो रंगको दुई वटा जर्सी सार्वजनिक गरेको हो ।
क्लबका मालिक राहुल अग्रवाल, सह-मालिक क्याबिनेट श्रेष्ठ तथा निर्देशक विज्ञानराज शर्मा, मुख्य प्रशिक्षक प्याट्रिक डे विल्ड, पूर्व मिस नेपाल जेनिशा मोक्तान, कलाकार तथा मोडल कविता नेपालीले संयुक्तरुपमा जर्सी सार्वजनिक गरेका थिए ।
काठमाडौंले तेस्रो संस्करणका लागि रोहन कार्कीलाई मार्की खेलाडी बनाएको छ ।
एनएसएलको तेस्रो संस्करण शनिबारबाट सुरु हुँदैछ । काठमाडौंले उद्घाटन खेलमै साबिक विजेता ललितपुर सिटी एफसीको सामना गर्नेछ ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC