काठमाडौं । पोल्यान्डले फिफा विश्वकप युरोपियन छनोटमा लगातार दोस्रो जित निकालेको छ ।
सोमबार राष्ट्रिय रंगशालामा घरेलु टोली पोल्यान्डले माल्टाविरुद्ध २-० को सहज जित दर्ता गर्यो । जितसँगै दुई खेलमा ६ अंक जोडेको पोल्यान्ड समूह ‘जी’ को शीर्षस्थानमा छ । दुवै खेलमा पराजित माल्टा अकंविहिन छ ।
पोल्यान्डलाई जित दिलाउन दुवै गोल कारोल स्विडेर्स्कीले गरे । २७ र ५१औं मिनेटमा गोल गरेका थिए ।
पहिलो गोलका लागि क्रिस्टोफ पिएटेक र दोस्रो गोलका लागि ज्याकुब मोडरले गोलको अवसर सिर्जना गरेका थिए ।
इन्जुरी समयमा इल्यास चौरेफले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि माल्टा १० खेलाडीमा समेटियो ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC