काठमाडौं । सागर तामाङको उतकृष्ट प्रदर्शनप्रेरित एफसी खुमलटारले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार सातदोबाटो युथ क्लबविरुद्ध ५-२ को सहज जित दर्ता गरेको छ ।
जितसँगै १२ खेलमा सात अंक जोडेको खुमलटार ११औं स्थानमा यथावत छ । पराजित सातदोबाटो समान खेलबाट चार अंकका साथ पुछारमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खुलटारलाई जित दिलाउन सागर ह्याट्रिक गर्दा एलिक श्रेष्ठ र धिरज तामाङको नाममा समान एक गोल रह्यो । सातोबाटोका लागि लक्की लामा र समृद्ध बोहराले समान एक गोल फर्काए ।
खेलको चौथो मिनेटमै एलिकको गोलमार्फत खुमलटारले अग्रता लिएको थियो । दुई मिनेटपछि सागरले टोलीको अग्रता दोब्बर बनाए ।
सागरले ११औं मिनेटमा सागरले व्यक्तिगत दोस्रो गोल गर्दा खुमलटार ३-० ले अगाडि बढ्यो । ३१औं मिनेटमा लक्कीले गोल गर्दा खेल ३-१ को स्थितीमा आयो ।
समृद्धले ६४औं मिनेटमा गर्दै खेललाई ३-२ को स्थितीमा ल्याए । १० मिनेटपछि धिरजले गोल गर्दा खुमलटार ४-१ ले अगाडि बढ्यो ।
अन्तिम मिनेटमा सागरले ह्याट्रिक गरेपछि खुमलटार ५-२ ले विजयी भयो ।
आइतबारै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले चर्च ब्वाइज युनाइटेडविरुद्ध ३-० को जित निकाल्यो ।