मंसिर ९, २०८१ आइतबार | १९:१६:०७
नेत्रहीन क्रिकेट विश्वकपः नेपालको लगातार दोस्रो हार ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान नेत्रहीन क्रिकेट विश्वकपः नेपालको लगातार दोस्रो हार ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान

सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने

काठमाडौं । विश्व फुटबलको महारथी रियाल मड्रिडले पूर्व प्रशिक्षक सान्टियागो सोलारीलाई नयाँ प्रशिक्षक बन्न प्रस्ताव गरेको छ ।

विभिन्न सञ्चार माध्यमका अनुसार रियालले मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीको बर्खास्तगी सम्भव भएको खण्डमा सोलारीलाई क्लबको जिम्मेवारी लिन प्रस्ताव गरेको बताइएको छ ।

ला लिगामा बार्सिलोना र युइएफए च्याम्पियन्स लिगमा मिलानविरुद्ध खराब प्रदर्शन गरेपछि एन्सिलोटीको भविष्यमा प्रश्न उठेको थियो ।

अर्जेन्टिनी प्रशिक्षक सोलारी रियालको इतिहास बारे जानकार छ । सोलारीले २००० देखि २००५ सम्म मड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए । उनले रियालको प्रशिक्षण पनि सम्हालिसकेका छन् ।

सन् २०१८ मा युलियन लोपाटेगी बर्खास्तगीमा परेपछि रियालले सोलारीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो । अन्तरिम प्रशिक्षक बनेको दुई सातापछि सोलारीले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । तर, सोलारीको कार्यकाल ५ महिना पनि टिकेन । २०१९ मा डच क्लब आयाक्सविरुद्ध च्याम्पियन्स लिगको प्रि-क्वार्टर खेलमा ५-३ को समग्र हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि सोलारीलाई क्लबले बर्खास्त गरेको थियो ।

मिलानपछि रियालले ला लिगामा ओसासुनाविरुद्ध ४-० को जित हासिल गरेको थियो । विभिन्न रिपोर्टका अनुसार ओसासुनाविरुद्ध रियालले हार बेहोरेको भए एन्सिलोटी बर्खास्त भइसकेका हुन्थे ।

रियालले आइतबार ला लिगामा लिगेनेसविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ११ः१५ बजे सुरु हुनेछ । रियाललाई शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर छ । रियाल हाल १२ खेलमा २७ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा छ । दुई खेल बढी खेलेको बार्सिलोना ३४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेल खेलेको एट्लेटिको मड्रिड २९ अंकका साथ दोस्रो स्थानमा छ ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SUBODH TRIPATHI, OWNER, POKHARA AVENGERS
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA