काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनजोजले आफ्नो ‘आइकोनिक प्लेयर्स’ मा ब्याटर सलाहुद्दिन खानलाई छनोट गरेको छ ।
युवा प्रतिभा छनोटका लागि चितवनले भरतपुरमा ‘ट्यालेन्ट हन्ट’ गरेको थियो । ‘आइकोनिक प्लेयर्स’ छानिएसँगै सलाहुद्दिनले एनपिएलमा चितवन रोयल्सको प्रतिनिधित्व गर्न पाउने छन् ।
यसैगरी टोलीले ‘ट्यालेन्ट हन्ट’ बाट मनिष पुन र रोशन झालाई पनि छनोट गरेको छ । उनीहरुले विशेष प्रशिक्षणको अवसर प्राप्त गर्नेछन् ।
चितवनको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल छन् । टोलीले नेपाली राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवनसहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।