मंसिर ९, २०८१ आइतबार | १६:२३:१०
अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छुः क्रिस कार्की अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा आर्सनलको सहज जित सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छुः क्रिस कार्की

सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजीए)ले आइतबार पत्रकार सम्मेलन गर्दै टुरअन्तर्गतका आठ इभेन्टको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार सिजनको पहिलो इभेन्ट, सूर्य नेपाल सेन्ट्रल ओपन नोभेम्बर २५ देखि २८ सम्म सञ्चालन हुने छ । इभेन्ट गोकर्ण फरेस्ट गल्फ क्लब, काठमाडौंमा हुनेछ ।

सिजनको दोस्रो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लब, काठमाडौं तथा तेस्रो इभेन्ट सूर्य नेपाल इस्टर्न ओपन डिसेम्बर २३ देखि २६ सम्म धरान गल्फ क्लब, धरानमा हुनेछ ।

चौंथो इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपन २०२५ को जनवरी २१ देखि २४ सम्म हिमालयन गल्फ क्लब, पोखरामा हुनेछ भने पाँचौं इभेन्ट सूर्य नेपाल च्यालेन्ज फेब्रुअरी ११ देखि १४ सम्म हुनेछ । यो इभेन्टको आयोजना स्थल भने तय भएको छैन ।

सिजनको छैटा इभेन्ट सूर्य नेपाल एनपिजी टुर च्याम्पियनसिप मार्च १७ देखि २० सम्म गोकर्ण फरेस्ट क्लबमा हुनेछ । सातौं इभेन्ट सूर्य नेपाल एनपिजीए म्याच प्ले अप्रिल ८ देखि १० सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।

सजनको अन्तिम इभेन्ट सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट क्ल्बमा हुनेछ । यो सबैभन्दा धेरै धन राशीको इभेन्ट हो । इभेन्टको कूल पुरस्कार राशी १६ लाख १९ हजार छ ।

सिजन २४/२५ को कूल पुरस्कार राशी ६७ लाख ३२ हजार रहेको आयोजकले जनाएको छ । प्रत्येक इभेन्टको विजेताले पुरस्कार राशीको १७ प्रतिशत पाउनेछन् ।

सूर्य नेपाल सेन्ट्र ओपन सोमबारबाट

टूरको पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्र ओपन सोमबारबाट बिहीबारसम्म हुनेछ । इभेन्टमा ३३ प्रोफेस्नल र सात एमेच्वेर गरि ४० गल्फरले सहभागिता जनाउनेछन् ।

कूल ७२ होलमा खेलाइने इभेन्टको पहिलो चरणमा ३६ होल हुनेछ । जसमध्ये शीर्ष २१ भित्र पर्ने गल्फर दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

इभेन्टको कूल पुरस्कार राशी ८ लाख ८२ हजार हुनेछ । इभेन्टको विजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७५ हजार रुपैंया प्राप्त गर्नेछन् ।

आयोजकले एमेच्वेर नम्बर वान खेलाडी सद्भाव आचार्यसँगै भुवन नगरकोटी, निरज तामाङ, धाना थापा, संजय लामा, रवि खड्का, तोरन शाही, कुमार कामी गरि ८ खेलाडीलाई इभेन्टको उपाधि दाबेदारको रुपमा लिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल गल्फ संघ (एनजीए)का महासचिव दीपक आचार्य र एनपिजीएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठको सहभागिता थियो ।

‘आगामी एसियाली खेलकुदमा हामीले पदकको लक्ष्य राखेका छौं । डेढ दशकको यो यात्रामा हामीले गल्फमा ठूलै फड्को मारेका छौं,’ आचार्यले भने, ‘यो टूरले हाम्रो पदकको लक्ष्यमा सहयोग मिल्नेछ भन्ने विश्वास गरेका छौं । हामी यसमा मिहिनेत गरिरहेका छौं ।’
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20