पुस २३, २०८२ बिहीबार | ००:०२:३७
तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई

भुवनको टिमलाई सूर्य नेपाल प्रिमियर प्रो-एमको उपाधि

काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एमको उपाधि भुवन नगरकोटीको टिमले जितेको छ ।

गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फर्म्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१, एमेच्योरहरू विनोद श्रेष्ठले र जयवीर आचार्यले ३९ तथा तारा कार्की चित्रकारले ३८ गरी कुल १५७ स्कोर खडा गरे ।

१५१ अंकसहित प्रो जयराम श्रेष्ठको टोली दोस्रो भयो। जयरामले ४०, एमेच्योर इदान्त सिंह साउदले ३८, पवित्र कुमार कार्कीले ३७ र फुर्साङ लामाले ३६ अंक जोडे।

प्रो सञ्जय लामाको टिमले १४२ अंक सहित तेस्रो स्थान प्राप्त गर्यो। सञ्जयले ३९ तथा एमेच्योर गल्फरहरू सद्भाव आचार्य र रविन्द्र तिवारीले ३६ र लिलाजंग कार्कीले ३५ अंक जोडे।

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट स्कोरको आधारमा तारा कार्की चित्रकारले उपाधि जितिन्। उनले ३८ अंक बनाएकी थिइन। 

प्रतियोगितामा सद्भाव आचार्यले लङगेस्ट ड्राइभ र निशल्यजंग रायमाझीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।

प्रतियोगितामा २५ प्रोसहित १४० खेलाडीको सहभागिता थियो।

शुक्रबार सुवास तामाङले १६ अन्डर २७२ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका थिए।

सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिमप्रतियोगितामा ३७ प्रो तथा ११ एमेच्योर खेलाडीको सहभागिता थियो ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA