चैत्र १२, २०८२ बिहीबार | १५:५१:०५
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

आर्मीका धनबहादुर भट्ट हेल्प नेपालमा

फाइल तस्विर

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले यसै महिना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट धनबहादुर भट्टलाई अनुबन्ध गरेको छ ।

क्लबले सामाजिक सञ्जालमार्फत अपोजिट स्पाइकर धनबहादुरलाई अनुबन्ध गरेको जानकारी दियो । क्लब र धनबहादुरबीचको सम्झौता यही प्रतियोगिताका लागि मात्रै हुनेछ ।

यसअघि हेल्प नेपालले अर्को विभागीय टोली नेपाल पुलिस क्लबबाट रविन चन्दठकुरीलाई भित्र्याएको थियो ।

आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

दीपक थापा कप्तान रहेको टोलीले प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको छ ।

यसैगरी क्लब उ कप्तान सन्जुविक्रम शाह, मिडल ब्लकर सुरेन्द्र बमठकुरी र सेटर सुवास कुँवरलाई पनि निरन्तरता दिएको छ ।

प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमै हुँदैछ । प्रतियोगितामा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । आयोजक भएकाले नेपालबाट भने दुई क्लबले सहभागिता जनाउन पाएका हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो