धनगढी । छैठौं फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसिर २२ गतेदेखि हुने भएको छ ।
आयोजक फारवेस्ट पशुपति युवा क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता मंसिर २२ देखि २९ म्म धनगढी रगंशालमा हुने जानकारी दिएको हो ।
पाँचौं संस्करणको आयोजनापछि प्रतियोगिता तीन वर्ष रोकिएको थियो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागता उत्कृष्टलाई जानही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले पाँच हजार नगद पाउने छन् ।
सबै धनराशी गरि ८ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेस्ट पशुपति युवा क्लबले जनाएको छ ।
प्रतियोगितामा १६ टाेलीको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिए । उनका अनुसार प्रतियोगिता आयोजनामा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि आयोजक क्लबले प्रायोजक तथा प्रवद्धकहरु खोजी गरिरहेको छ ।