काठमाडौं । अखिल नेपाल फुटबल (संघ) एन्फाले सहिद स्मारक डिभिजन लिगका असन्तुष्ट ३२ क्लबलाई छलफलमा बोलाएको छ ।
एन्फाले बिहीबार पत्र पठाउँदै असन्तुष्ट रहेका ३२ क्लबलाई शुक्रबार बार्ताको लागि तीन बजे सातदोबाटोस्थित मुख्यालयमा बोलाएको हो ।
उनीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई पनि एन्फाले दिनुपर्ने बक्यौता रकम नदिएको भन्दै उजुरी गरेका थिए ।
भदौं २४ गते हुनेतय विशेष साधारणसभा भौतिक उपस्थित हुनुपर्ने, बक्यौता रकम चाँडै पाउनुपर्ने ३२ क्लबहरुले माग राख्दै आएका छन् । उनीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई पनि एन्फाले दिनुपर्ने बक्यौता रकम नदिएको भन्दै उजुरी गरेका थिए ।
तीन वटै डिभिजन लिगका ४० मध्ये जावलाखेल युथ, पुल्चोक युथ, प्लानिङ ब्वाइज, झम्सिखेल युथ, स्वयम्भू क्लब, बागमती युवा क्लब, खालीबारी युवा क्लबसहित तीन विभागीय क्लबहरु (नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ क्लब) ले ३२ क्लबलाई साथ दिएका थिएनन् ।
एन्फा सकारात्मक नभए कुनै पनि प्रतियोगिता नखेल्ने र साधारणसभा नै बहिस्कार गर्ने ३२ क्लबहरुले चेतावनी यसअघि नै दिएका थिए ।
यदि एन्फा सकारात्मक नभए कुनै पनि प्रतियोगिता नखेल्ने र साधारणसभा नै बहिस्कार गर्ने ३२ क्लबहरुले चेतावनी यसअघि नै दिएका थिए । चौतर्फी दवावमा परेको एन्फाले अन्ततः साधारणसभाको दुई दिनअघि क्लबलाई बार्तामा बोलाएको हो ।
‘अखिल नेपाल फुटबल संघमा दर्ता भएको मिति २०६०–०५–०६ गतेको पत्र बमोजिम मिति २०८०–०५–२४ गते भच्युअल मार्फत हुने एन्फाको विशेष साधारण सभा सम्बन्धी ध्यानाकर्षण पत्र प्राप्त भएकोमा यहाँहरु संग छलफल गर्नका लागि उपस्थिति भईदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ महासचिव किरण राईको हस्ताक्षर रहेको पत्रमा भनिएको छ ।
याे पनि
एन्फा साधारणसभामा भौतिक उपस्थितिको माग
राखेपलाई फुटबल क्लबको गुहारः एन्फा साधारणसभा विधानसम्मत गराइदिनुस्
एन्फा महासचिवको कार्यकक्षमा केन्द्रिय सदस्य चन्दद्वारा तालाबन्दी
नेतृत्वले विकल्प दिन नसके दुर्घटनाको शृंखला हुनसक्छः पूर्व अध्यक्ष शेर्पा