काठमाडौं । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको होन्झाउमा हुने एसियाली खेलकुदको महिला फुटबलका लागि भारतीय टोली घोषणा भएको छ ।
भारतीय फुटबल संघले आइतबार २२ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा पूर्वकप्तान तथा अनुभवी स्ट्राइकर नङ्गोम बाला देवीले पुनरागमन गरेकी छन् । उनी चार वर्षपछि भारतीय टोलीमा फर्किएकी हुन् ।
बालादेवीले पछिल्लो पटक सन् २०१९ मा नेपालले आयोजना गरेको दक्षिण एसियाली फुटबल महासंघ ( साफ) महिला च्याम्पियनसिप खेलेकी थिइन् ।
यस्तै चोटका कारण अदिती चौहानले भने एसियाली खेलकुद गुमाउने भएकी छन् । उनी गत फ्रेबुअरीमा नेपालविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएकी थिइन् ।
भारतीय टोली
गोलकिपरः सौमिया नारायणसामी, इलांगबम लिन्थोई चानु, श्रेया हुड्डा
रक्षकः लोइटंगबम आशालता देवी, नगाङबम स्वीटी देवी, सञ्जु यादव, रितु रानी, सोरोखाइबम रञ्जना चानु, डालिमा छिब्बर, अस्तम ओरोना
मिडफिल्डरः प्रियंका देवी, अन्जु तामाङ, इन्दुमती कथिरेसन, संगीता बसफोर
फरवार्डः डाङमेई ग्रेस, सौम्या गुगुलोथ, मनिषा कल्याण, रेणु, सन्ध्या रंगनाथन, प्यारी जक्सा, ज्योति चौहान, नङ्गोम बाला देवी