पिएसजी

डेम्बेले अनुबन्ध नजिक पिएसजी

काठमाडौं ।  फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) विंगर ओस्माने डेम्बेले अनुबन्ध नजिक पुगेको छ ।

पिएसजीले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाबाट डेम्बेलेलाई अनुबन्ध गर्न लागेको हो । पिएसजीले फ्रान्सका डेम्बेलेका लागि ५० मिलियन युरो तिर्नेछ ।

पिएसजी र डेम्बेलेबीच पाँच वर्षको सम्झौता गर्ने सहमती बनेको छ । डेम्बेले शुक्रबार मेडिकल टेस्टका लागि पेरिस जाँदैछन् ।  पिएसजीले अर्को सातासम्ममा डेब्बेले अनुबन्धको सम्पूर्ण कागजी प्रक्रिया सकिने अपेक्षा राखेको छ ।

सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट बार्सिलोना भित्रिएका थिए । उनले बार्सिलोनका लागि १ सय २७ ला लिगा खेलमा २४ गोल गरे ।

पिएसजी पोर्चुगिज क्लब बेन्फिकाबाट फरर्वाड गोन्कालो रामोस पनि अनुबन्ध नजिक पुगेको छ ।