सहिद स्मारक ‘ए’ डिभिजन लिग

बराबरीमा रोकिए सातदोबाटो र पुलिस

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लब विभागीय टोली नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन् ।

यस बराबरीसँगै सातदोबाटो नौ खेलमा पाँच जित, दुई बराबरी र दुई हारको नतिजासहित १७ अंक जोडेर दोस्रो स्थानमा छ । पुलिस समान खेलबाट एक जित, दुई बराबरी र ६ हारको नजितासहित पाँच अंकका साथ पुछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरण अन्तर्गत आइतबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पुलिसका ४० औं मिनेटमा पासवानको कर्नरमा अञ्जन राईको प्रहार बाहिरिएको थियो । ४४ औं मिनेटमा पेनाल्टी बक्सभन्दा केही परबाट सौजन राइले गरेको प्रहार बाहिरिँदा पुलिसले अग्रता लिन सकेन ।