माघ १०, २०८२ शनिबार | १५:४५:३०
विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी

अर्जेन्टिनालाई १९८६ पछि विश्वकप उपाधि

दोहा।  अर्जेन्टिनाले  साबिकको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा  ४–२ ले हराउँदै  कतार विश्वकप २०२२ को उपाधि जितेको छ ।

 यसअघि लुसेल स्टेडियममा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले ३–३ गोल गरेपछि  पेनाल्टी सुटआउटसम्म लम्बिएको थियो ।

अर्जेन्टिनाले  १९८६पछि विश्वकप उपाधि जितेको हो ।  यसअघि सन् १९७८ मा विश्वकप जितेको अर्जेन्टिना १९३०,१९९० र २०१४ मा उपविजेता बनेको थियो ।  

पराजयसँगै फ्रान्सको सन् १९६२ पछि विश्वकप को उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने सपना भने पूरा हुन सकेन । सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेको थियो । यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता भएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाका लागि लियोन मेसी,लियान्द्रो प]रेडेस, पाउलो डिबाला र गोञ्जालो मोन्टियलले गोल गरे । फ्रान्सका लागि किलिय एमबाप्पे र  रान्डल कोलो मुयनीले गोल गर्दा ओरेलियन चुवामेनी र किङ्ग्सले कोम्यानले गोल गर्न सकेनन्  ।

फ्रान्सका लागि किलयन एमबाप्पेले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिनाका लागि लियोनल मेसी दुई तथा एन्जे डि मारियाले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मेसीले पेनजाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रमा ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई  लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो त्यसमा मेसी चुकेनन्  ।

३६ औं मिनेटमा डि मारियाले अर्जेन्टिानको अग्रता दोब्बर बनाए ।

८० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै  खेललाई २–१ को स्थितीमा ल्याएका थिए । निकोलस ओटामेन्डीले  रान्डल कोलो मुयनीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो त्यसमा एमबाप्पे चुकेनन ।

त्यसको एक मिनेटपछि एमबाप्पेले नै गोल गर्दै फ्रान्सलाई २–२ को अवस्थामा ल्याएका थिए । एक सय आठौं मिनेटमा  मेसीले ब्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए ।

एक सय १८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल  गर्दै फ्रान्सलाई ३–३ को बराबरीमा ल्याए । गोन्जालो मोन्टियलले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।

यससँगै  मेसी विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडी पनि बनेका छन ।  मेसीले जर्मनीका लोथर माथियस (२५)लाई पछि पारेका हुन ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate