चैत्र १५, २०८२ आइतबार | २०:१७:१४
डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात

अर्जेन्टिनालाई १९८६ पछि विश्वकप उपाधि

दोहा।  अर्जेन्टिनाले  साबिकको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा  ४–२ ले हराउँदै  कतार विश्वकप २०२२ को उपाधि जितेको छ ।

 यसअघि लुसेल स्टेडियममा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले ३–३ गोल गरेपछि  पेनाल्टी सुटआउटसम्म लम्बिएको थियो ।

अर्जेन्टिनाले  १९८६पछि विश्वकप उपाधि जितेको हो ।  यसअघि सन् १९७८ मा विश्वकप जितेको अर्जेन्टिना १९३०,१९९० र २०१४ मा उपविजेता बनेको थियो ।  

पराजयसँगै फ्रान्सको सन् १९६२ पछि विश्वकप को उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने सपना भने पूरा हुन सकेन । सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेको थियो । यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता भएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाका लागि लियोन मेसी,लियान्द्रो प]रेडेस, पाउलो डिबाला र गोञ्जालो मोन्टियलले गोल गरे । फ्रान्सका लागि किलिय एमबाप्पे र  रान्डल कोलो मुयनीले गोल गर्दा ओरेलियन चुवामेनी र किङ्ग्सले कोम्यानले गोल गर्न सकेनन्  ।

फ्रान्सका लागि किलयन एमबाप्पेले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिनाका लागि लियोनल मेसी दुई तथा एन्जे डि मारियाले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मेसीले पेनजाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रमा ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई  लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो त्यसमा मेसी चुकेनन्  ।

३६ औं मिनेटमा डि मारियाले अर्जेन्टिानको अग्रता दोब्बर बनाए ।

८० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै  खेललाई २–१ को स्थितीमा ल्याएका थिए । निकोलस ओटामेन्डीले  रान्डल कोलो मुयनीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो त्यसमा एमबाप्पे चुकेनन ।

त्यसको एक मिनेटपछि एमबाप्पेले नै गोल गर्दै फ्रान्सलाई २–२ को अवस्थामा ल्याएका थिए । एक सय आठौं मिनेटमा  मेसीले ब्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए ।

एक सय १८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल  गर्दै फ्रान्सलाई ३–३ को बराबरीमा ल्याए । गोन्जालो मोन्टियलले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।

यससँगै  मेसी विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडी पनि बनेका छन ।  मेसीले जर्मनीका लोथर माथियस (२५)लाई पछि पारेका हुन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो