असार २७, २०८२ शुक्रबार | ०४:२१:५३
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

विश्वकपमा आयोजकः समूह चरणबाटै बाहिरिने दक्षिण अफ्रिकापछि कतार दोस्रो टोली

काठमाडौं । १९३० मा मोन्टेभिडियोबाट विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको सुरुआत हुँदा आयोजक उरुग्वे पहिलो विश्व च्याम्पियन भयो ।

चार वर्षपछि इटालीमा विश्वकप हुँदा पनि उपाधि आयोजककै पोल्टामा पर्यो । उरुग्वे र इटालीमात्र होइन विश्वकपका अहिलेसम्म सम्पन्न २१ संस्करणमा ६ पटक आयोजकले उपाधि उचालेको इतिहास छ । यसबाहेक दुई पटक आयोजक उपविजेता भएका छन् ।

१९३० मा उरुग्वे, १९३४ मा इटाली, १९६६ मा इङ्ल्यान्ड, १९७४ मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिना र १९९८ मा फ्रान्स आफूले आयोजना गरेको विश्वकपको उपाधि जित्न सफल देश हुन् । यसैगरी १९५० मा ब्राजिल तथा १९५८ मा स्वीडेनले विश्वकप आयोजना गर्दा उपविजेता भएका थिए ।

यसैगरी १९६२ मा चिली, १९९० मा इटाली र २००६ मा जर्मनीले विश्वकप आयोजना गर्दा तेस्रो स्थान हासिल गरे भने २००२ मा दक्षिण कोरिया तथा २०१४ मा ब्राजिल आयोजकको हैसियतमा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भए । २००२ को विश्वकप पहिलो पटक एसियाली भुमिमा हुँदा दुई देश दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेका थिए । दक्षिण कोरियाले सनसनीपूर्ण प्रदर्शनका साथ अन्तिम चारसम्मको यात्रा तय गर्दा जापानले पनि पहिलो पटक नकआउट चरण प्रवेश गरेको थियो ।

यसैगरी १९३८ मा फ्रान्स, १९५४ मा स्विट्जरल्यान्ड, १९७० र १९८६ मा मेक्सिको तथा २०१८ मा रुसले विश्वकप आयोजना गर्दा अन्तिम आठसम्मको यात्रा गरे । १९८२ मा स्पेन र १९९४ मा अमेरिकाले पनि दोस्रो चरणसम्म उपस्थिती जनाए ।

फुटबलमा घरेलु मैदान र घरेलु समर्थकको साथ हुनुले ठूलो अर्थ राख्ने गर्छ । यही कारण हो, सामान्यतया घरेलु टोलीलाई आफ्नो पक्षमा नतिजा निकाल्न तुलनात्मक रुपमा सहज मानिन्छ । तर, आफैले आयोजना गरे पनि २०१० मा दक्षिण अफ्रिकाले भने समूह चरण पार गर्न सकेन । आयोजक राष्ट्र विश्वकपको समूह चरणबाटै बाहिरिएको त्यही पहिलो संस्करण थियो ।

दक्षिण अफ्रिकाले १२ वर्षअघि भोगेको नियति यसपाली एसियाली राष्ट्र कतारले पनि भोगेको छ । विश्वकपको २२औं संस्करण आयोजना गरिहेको कतारले समूह चरणका सबै तीन खेलमा पराजय मोग्दा नकआउट प्रवेश गर्न असफल हुने दोस्रो आयोजक बन्यो । त्यसोत आयोजक भएको नाताले मात्र विश्वकप खेल्न पाएको कतार उद्घाटन खेलमा पराजित हुने पनि विश्वकप इतिहासको पहिलो आयोजक बनेको थियो ।

उद्घाटन खेलमा इक्वेडरसँग २-० को हार भोगेको कतार सनेगलसँग ३-१ र नेदरल्यान्ड्ससँग २-० को नतिजामा पराजित भएको थियो ।

विश्वकप इतिहासमा आयोजकको नतिजाः

१९३० उरुग्वे

विश्वकपको पहिलो संस्करणको आयोजना गर्ने अवसर उरुग्वेले प्राप्त गरेको थियो । आयोजक उरुग्वेले विश्वकपको उपाधि घरमै राख्न सफल भयो ।

यो विश्वकपमा १३ राष्ट्रले सहभागीता जनाएका थिए । समूह तीनमा रहेको उरुग्वे पेरुलाई १-० तथा रोमनियालाई ४-० ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनलमा युगोस्लोभियालाई ६-१ ले हराउँदै फाइन पुगेको उरुग्वेले अर्जेन्टिनालाई ४-२ ले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचाल्यो ।


१९३४ इटाली

१९३४ को विश्वकप पनि आयोजक इटालीले नै जितेको थियो । नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा इटालीले पहिलो खेलमा अमेरिकालाई ७-१ ले पराजित गरेको थियो ।

स्पेनलाई पेनाल्टी सुटआउटमा १-० ले पराजित गर्दै सेमिफाइनल पुगेको इटालीले अस्ट्रियालाई १-० ले हराउँदै फाइनलमा स्थान बनायो । फाइनलमा चेकोस्लोभाकियालाई २-१ ले हराउँदै पहिलोपटक उपाधि उचाल्यो ।

१९३८ फ्रान्स

फ्रान्समा भएको १९३८ को विश्वकपमा इटालीले हंगेरीलाई ४-२ ले हराउँदै उपाधि रक्षा गरेको थियो । १५ राष्ट्रको सहभागीता रहेको प्रतियोगितामा आयोजक फ्रान्स क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा बेल्जियमलाई ३-१ को नतिजामा हराउँदै अघि बढेको फ्रान्स क्वार्टरफाइनलमा इटालीसँग ३-१ ले नै पराजित हुँदै बाहिरिएको थियो ।

१९५० ब्राजिल

१९५० मा विश्वकप ब्राजिलले आयोजना गरे पनि उपाधि भने उरुग्वेले उचाल्यो । आयोजक राष्ट्र ब्राजिल दोस्रो भयो ।

१३ राष्ट्र सहभागी प्रतियोगितालाई दुई चरणमा खेलाइएको थियो । पहिलो चरणमा सहाभागी राष्ट्रलाई चार समूहमा विभाजन गरिएको थियो । समूहका विजेताले दोस्रो चरणमा स्थान बनाए ।

मेक्सिकोलाई ४-० र युगोस्लोभाकियालाई २-० ले हराएको ब्राजिलले स्विट्जरल्यान्डसँग २-२ को बराबरी खेल्दै समूह ‘ए’ बाट दोस्रो चरणमा स्थान बनाएको थियो ।

दोस्रो चरण पनि राउन्ड रोबिन पद्दतिमा खेलाइयो । फाइनल खेल नभएको यो एक मात्र विश्वकप हो । स्विडेनलाई ७-१ र स्पेनलाई ६-१ ले हराएको ब्राजिल अन्तिम खेलमा उरुग्वेसँग २-१ ले पराजित हुन पुग्दा दोस्रो स्थानमै सीमित बन्यो ।

१९५४ स्विट्जरल्यान्ड

स्विट्जरल्यान्डमा आयोजित यो विश्वकपमा पश्चिम जर्मनीले उपाधि जितेको थियो । आयेजक स्विट्जरल्यान्डले भने क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सक्यो ।

१६ राष्ट्रको सहभागीता रहेको यो प्रतियोगितामा स्विट्जरल्यान्ड समूह ‘चार’बाट उपविजेताका रुपमा अघि बढेको थियो ।

स्विट्जरल्यान्डले समूह चरणमा इटालीलाई २-१ ले हराउँदा इङ्ल्यान्डसँग २-० को पराजय बेहोरेको थियो । प्लेअफमा इटालीलाई नै ४-१ ले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुग्यो ।

क्वार्टरफाइनलमा अस्ट्रियासँग ७-५ ले पराजित हुँदै स्विट्जरल्यान्ड बाहिरियो । फाइनलमा पश्चिम जर्मनीले हंगेरीलाई ३-२ ले हराउँदै पहिलो पटक फिफा विश्वकपको उपाधि उचाल्यो ।

१९५८ स्वीडेन

स्वीडेनले आयोजना गरेको विश्वकपको उपाधि ब्राजिलले हात पारेको थियो । यो विश्वकपमा आयोजक स्वीडेन उपविजेता बन्न सफल भयो ।

१६ राष्ट्र सहभागी प्रतियोगितामा मेक्सिकोलाई ३-० र हंगेरीलाई २-१ ले हराएको स्वीडेन वेल्ससँग गोलरहित बराबरी खेल्दै समूह ‘तीन’बाट विजेताका रुपमा अघि बढेको थियो ।

स्वीडेनले क्वार्टरफाइनलमा तत्कालिन सोभियत युनियन (हाल रुस) लाई २-० हरायो । पश्चिम जर्मनीलाई ३-१ ले पराजित गर्दै फाइनल पुगेको स्वीडेन ब्राजिलसँग स्तब्ध बन्न पुग्यो ।

फाइनलमा आयोजकलाई ५-२ ले हराउँदै ब्राजिलले पहिलो पटक फिफा विश्वकपको उपाधि चुम्यो ।

१९६२ चिली

चिलीमा आयोजना भएको १९६२ को विश्वकप जित्दै ब्राजिलले उपाधि रक्षा गरेको थियो । आयोजक चिलीले तेस्रो स्थान हासिल गर्यो ।

१६ टोलीको सहभागीता रहेको प्रतियोगितामा स्विट्जरल्यान्डलाई ३-१ र इटालीलाई २-० ले हराएको चिली पश्चिम जर्मनीसँग २-० ले पराजित हुँदै समूह ‘दुई’बाट उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेको थियो ।

क्वार्टरफाइनलमा सोभियत युनियनलाई २-१ ले हराएको चिली सेमिफाइनलमा ब्राजिलसँग ४-२ ले पराजित हुन पुग्यो । तेस्रो स्थानका लागि भएको खेलमा चिलीले युगोस्लाभियाविरुद्ध १-० को जित निकाल्यो ।

फाइनलमा ब्राजिलले चोकोस्लोभाकियालाई ३-१ ले हराउँदै लगातार दोस्रो पटक उपाधि उचालेको थियो ।

१९६६ इङ्ल्यान्ड

१९६६ को विश्वकप आयोजक इङ्ल्यान्डले नै जितेको थियो । १६ टोलीको सहभागीता रहेको प्रतियोगितामा इङ्ल्यान्डले समूह ‘एक’मा मेक्सिको र फ्रान्सलाई समान २-० को नतिजामा हराउँदा उरुग्वेसँग गोलरहित बराबरी खेल्यो ।

समूह विजेतका रुपमा अघि बढेको इङ्ल्यान्डले क्वार्टरफाइनलमा अर्जेन्टिनालाई १-० तथा सेमिफाइनलमा पोर्चुगललाई २-१ ले हरायो । फाइनलमा पश्चिम जर्मनीविरुद्ध ४-२ को जित निकाल्दै इङ्ल्यान्ड पहिलो पटक विश्वकप विजेता बन्यो ।

१९७० मेक्सिको

मेक्सिकोले आयोजना गरेको १९७० को विश्वकपको उपाधि ब्राजिलले जितेको थियो । आयोजक मेक्सिको क्वार्टनफाइनल सम्मको यात्रा तय गर्न सफल भयो ।

१६ राष्ट्रको सहभागीता रहेको प्रतियोगितामा एल साल्भडोरलाई ४-० र बेल्जियमलाई १-० ले हराएको मेक्सिकोले सोयियत युनियनसँग गोलरहित बराबरी खेल्यो । समूह ‘एक’बाट उपविजेता बन्दै क्वार्टरफाइनल पुगेको मेक्सिको इटालीसँग ४-१ ले पराजित हुँदै बाहिरियो ।

फाइनलमा इटालीलाई ४-१ ले हराउँदै ब्राजिलले तेस्रो पटक विश्वकपको उपाधि उचालेको थियो ।

१९७४ पश्चिम जर्मनी

१९७४ को विश्वकप आयोजक पश्चिम जर्मनीले नै जितेको थियो । १६ टोलीको सहभागीता रहेको प्रतियोगितामा पश्चिम जर्मनीले समूह ‘एक’मा हंगेरी र फ्रान्सलाई समान २-१ ले हराउँदा इटालीसँग १-० को हार बेहोर्यो ।

उपविजेतका रुपमा अघि बढेको पश्चिम जर्मनीले दोस्रो चरणमा युगोस्लाभियालाई २-०, स्विेडनलाई ४-२ र पोल्यान्डलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

फाइनलमा नेदरल्यान्ड्सलाई २-१ ले हराउँदै पश्चिम जर्मनी दोस्रो पटक विजेता बन्यो ।  

१९७८ अर्जेन्टिना

१९७८ को विश्वकपमा उपाधि आयोजक अर्जेन्टिनाले नै उचाल्यो । १६ टोलीको सहभागीता रहेको प्रतियोगितामा अर्जेन्टिनाले समूह ‘एक’मा मेक्सिको र फ्रान्सलाई समान २-० ले हराउँदा उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो ।

समूह उपविजेतका रुपमा अघि बढेको अर्जेन्टिनाले दोस्रो चरणमा पोल्यान्डलाई २-० र पेरुलाई ६-० ले हराउँदा ब्राजिलसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनायो ।

फाइनलमा नेदरल्यान्ड्सलाई ३-१ ले हराउँदै अर्जेन्टिनाले पहिलो पटक विश्वकपको उपाधि उचाल्यो ।

१९८२ स्पेन

स्पेनले आयोजना गरेको १९८२ को विश्वकप इटालीले जितेको थियो । आयोजक स्पेनले दोस्रो चरणसम्मको यात्रा तय गर्यो।

२४ टोलीको सहभागीता रहेको प्रतियोगितामा स्पेननले समूह ‘पाँच’मा योगोस्लोभियलाई २-१ ले हराउँदा नर्दन आयरल्यान्डसँग १-० ले पारजित हुन पुग्यो भने होन्डुरससँग १-१ को बराबरीमा रोकियो ।  

समूह उपविजेतका रुपमा अघि बढेको स्पेन दोस्रो चारणमा पश्चिम जर्मनीसँग २-१ ले पराजित हुँदा इङ्ल्यान्डसँग गोलरहित बराबरीमा रोकिँदै अन्तिम स्थानमा रह्यो ।

फाइनलमा पश्चिम जर्मनीलाई ३-१ ले हराउँदै इटाली तेस्रो पटक विश्वकप विजेता बन्यो ।  

१९८६ मेक्सिको

मोक्सिकोमा आयोजित १९८६ को विश्वकप अर्जेन्टिनाले जितेको थियो । आयोजक मेक्सिकोले क्वार्टरफाइनल सम्मको यात्रा तय ग¥यो ।

२४ टोलीको सहभागीता रहेको प्रतियोगितामा मेक्सिकोले समूह चरणमा बेल्जियमलाई २-१ र इरानलाई १-० ले हराउँदा पाराग्वेसँग १-१ को बराबरी खेल्यो ।

समूह ‘बी’बाट विजेताका रुपमा अघि बढेको टोलीले अन्तिम १६ मा बुल्गेरियलाई २-० ले पराजित गर्यो । क्वार्टरफाइनलमा पश्चिम जर्मनीसँग पेनाल्टी सुटआउटमा ४-१ ले पराजित हुँदै मेक्सिको बाहिरिएको थियो ।

फाइनलमा पश्चिम जर्मनीलाई ३-२ ले हराउँदै अर्जेन्टिना दोस्रो पटक विश्वकप विजेता बन्यो ।

१९९० इटाली
 
इटालीले आयोजना गरेको १९९० को विश्वकपको उपाधि पश्चिम जर्मनीले उचालेको थियो । आयोजक इटाली तेस्रो स्थान हासिल गर्न सफल भयो ।

२४ टोलीको सहभागीता रहेको प्रतियोगितामा इटालीले अस्ट्रिया र अमेरिकालाई समान १-० तथा चेकोस्लोभाकियालाई २-० ले पराजित गर्यो।

उपविजेतका रुपमा समूह ‘ए’बाट अघि बढेको इटालीले अन्तिम १६ मा उरुग्वेलाई २-० ले हरायो । क्वार्टरफाइनलमा आयरल्यान्डलाई १-० को नतिजामा हराउँदै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।

सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-३ को पराजय बेहोरेको इटालीले इङ्ल्यान्डलाई २-१ ले हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।

फाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदै पश्चिम जर्मनी तेस्रो पटक विश्वकप विजेता बन्यो ।

१९९४ अमेरिका

अमेरिकामा आयोजित १९९४ कोे विश्वकप ब्राजिलले जितेको थियो । आयोजक अमेरिका अन्तिम १६ बाट बाहिरिएको थियो ।

२४ टोलीको सहभागीता रहेको प्रतियोगितामा अमेरिकाले समूह ‘एक’मा कोलम्बियालाई २-१ को नतिजामा हराउँदा रोमानियासँग १-० ले पराजित भयो भने स्विट्जल्यान्डसँग १-१ को बराबरी खेल्यो ।

तेस्रो हुने टोलीमध्ये उत्कृष्ट तीनमा समेटिएर अन्तिम १६ मा पुगेको अमेरिका ब्राजिलसँग १-० ले पराजित हुँदै बाहिरियो ।

फाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमा ३-२ ले स्तब्ध पार्दै ब्राजिल चौथो पटक विश्वकप विजेता बन्यो ।

१९९८ फ्रान्स

१९९८ को विश्वकप आयोजक फ्रान्सले नै जितेको थियो । यही विश्वकपदेखि ३२ टोलीले सहभागीता जनाउन थालेका हुन् ।

समूह ‘सी’बाट विजेता बन्दै अन्तिम १६ मा पुगेको फ्रान्सले समूह चरणमा दक्षिण अफ्रिकालाई ३-०, साउदी अरेबियालाई ४-० र डेनमार्कलाई २-१ ले हराएको थियो ।

फ्रान्सले अन्तिम १६मा पाराग्वेलाई १-०, क्वार्टरफाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमा ४-२ र सेमिफाइनलमा क्रोएसियालाई २-१ ले हराएको थियो ।

फाइनलमा ब्राजिलविरुद्ध ३-० को विजयी नतिजा निकाल्दै फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचाल्यो ।

२००२ जापान/दक्षिण कोरिया

जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको २००२ को विश्वकपमा उपाधि ब्राजिलले उचाल्यो । ३२ राष्ट्र सहभागी प्रतियोगितामा जापान अन्तिम १६ बाटै बाहिरिँदा दक्षिण कोरियाले भने चौथो स्थान हासिल गरेको थियो ।

समूह ‘डी’मा रहेको कोरियाले पोल्यान्डलाई २-० र पोर्चगललाई १-० ले पराजित गर्दा अमेरिकासँग १-१ को बराबरी खेल्यो ।

समूह विजेता बन्दै अघि बढेको कोरियाले अन्तिम १६ मा इटालीलाई २-१ तथा क्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले स्तब्ध बनायो ।

केरियाले सेमिफाइनलमा जर्मनीसँग १-० र चौथो स्थानका लागि भएको खेलमा टर्कीसँग ३-२ को पराजय बेहो¥यो ।

उता समूह ‘एच’को जापानले रुसलाई १-० र ट्युनिसियालाई २-० ले हराउँदा बेल्जियमसँग २-२ को बराबरी खेल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्यो ।

समूह विजेताका रुपमा अघि बढेको जापान टर्कीसँग १-० ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरियो ।

फाइनलमा जर्मनीलाई २-० ले हराउँदै ब्राजिल पाँचौ पटक विश्वकप विजेता बन्यो ।

२००६ जर्मनी

जर्मनीले आयोजना गरेको २००६ को विश्वकप इटालीले जितेको थियो । ३२ राष्ट्र सहभागी प्रतियोगितामा आयोजक जर्मनीले तेस्रो स्थान हासिल गर्यो ।

समूह चरणमा जर्मनीले कोस्टारिकालाई ४-२, पोल्यान्डलाई १-० र इक्वेडरलाई ३-० ले पराजित ग¥यो ।

विजेताका रुपमा अघि बढेको जर्मनीले अन्तिम १६ मा  स्विडेनलाई २-० तथा क्वार्टरफाइनलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो ।

सेमिफाइनलमा इटलीसँग २-० ले पराजित जर्मनीले प्लेअफमा पोर्चुगललाई ३-१ ले हराउँदै तेस्रो स्थान हासिल ग¥यो ।

फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै इटाली चौथो पटक विश्वकप विजेता बन्यो ।

२०१० दक्षिण अफ्रिका

दक्षिण अफ्रिाकाले आयोजना गरेको २०१० को विश्वकप स्पेनले जित्यो । ३२ राष्ट्र सहभागी प्रतियोगितामा आयोजक दक्षिण अफ्रिकाले समूह चरण पार गर्न पनि सकेन ।

समूह ‘ए’मा रहेको दक्षिण अफ्रिकाले फ्रान्सलाई २-१ ले हराउँदा उरुग्वेसँग ३-० ले पराजित भयो भने मेक्सिकोसँग १-१ को बराबरी खेल्यो ।

मेक्सिकोसँग समान अंक भए पनि गोल अन्तरमा पछि पर्दा दक्षिण अफ्रिकाको यात्रा समूह चरणबाट अघि बढ्न सकेन । समूह चरणबाटै बाहिरिने दक्षिण अफ्रिका पहिलो आयोजक थियो ।

फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराउँदै स्पेन पहिलो पटक विश्वकप विजेता बन्यो ।

२०१४ ब्राजिल

ब्राजिलले अयोजना गरेको २०१४ को विश्वकपमा उपाधि जर्मनीले उचाल्यो । ३२ राष्ट्र सहभागी प्रतियोगितामा आयोजक ब्राजिल चौथो स्थानमा रह्यो ।

समूह चरणमा क्रोएसियालाई ३-१ र क्यामरुनलाई ४-१ ले हराएको ब्राजिलले मेक्सिकोसँग गोलरहित बराबरी खेल्यो ।

समूह ‘ए’बाट विजेताका रुपमा अघि बढेको ब्रजिलले अन्तिम १६ मा चिलीलाई पेनाल्टी सुटआउटमा ३-२ र क्वार्टरफाइनलमा कोलम्बियालाई २-१ ले पराजित गर्यो ।

सेमिफाइनलमा जर्मनीसँग ७-१ को नमिठो हार बेहोरेको ब्राजिल तेस्रो स्थानका लागि भएको खेलमा पनि नेदरल्याड्ससँग ३-० ले पराजित भएको थियो ।

फाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदै जर्मनीले चौथो पटक विश्वकप उपाधि उचाल्यो ।

२०१८ रुस

रुसमा आयोजित २०१८ को विश्वकपमा फ्रान्स विजेता भएको थियो । ३२ राष्ट्र सहभागी प्रतियोगितामा आयोजक रुसले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्यो ।

समूह ‘ए’ मा रुसले साउदी अरेबियालाई ५-० र इजिप्टलाई ३-१ ले हराउँदा उरुग्वेसँग ३-० को पराजय बेहोर्यो ।

समूहबाट उपविजेता बन्दै अघि बढेको रुसले अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुठआउटमा ४-३ कै पराजय बेहोर्दै रुस बहिरिन पुगेको थियो ।

फाइनलमा क्रोएसियालाई ४-२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप उपाधि उचालेको थियो । 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM