माघ १८, २०८२ आइतबार | १०:५८:०४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

भविष्य हेर्दै वेल्स

काठमाडौं । इङ्ल्यान्डसँगको हारपछि प्रतियोगिताबाट बाहिरिए पनि वेल्सका प्रशिक्षक रब पेज र कप्तान गारेथ बेलले निराश हुनुपर्ने कुनै कारण् नरहेको बताएका छन्  ।

बेलले आफ्नो देशको ६४ वर्षपछिको पहिलो विश्वकप अभियानको दुःखद अन्त्य भए पनि समर्थकलाई आशावादी हुन आग्रह गरेका छन् । उनले विश्वकपको मञ्चमा उपस्थितीका लागि वेल्सले लामो समय प्रतिक्षा गरेको र यसपाली कम्तिमा त्यो सफलता हासिल गरेकोमा आशावादी भएर खुसी मनाउनुपर्ने बेलको भनाई थियो ।

समूह ‘बी’मा इरानसँग २-० र इङ्ल्यान्डसँग ३-० को नतिजामा पराजित भएको वेल्स अमेरिकासँग १-१ को बराबरी खेलेपछि एक अंकमा सीमित हुँदै कतार विश्वकपबाट बाहिरिएको थियो । यसक्रममा विजय रहित भएको टोलीले एउटा मात्र गोल गर्न सकेको थियो ।

अन्तराष्ट्रिय संन्यासको बारेमा विचार गरिरहेको चर्चालाई खारेज गर्दै भने ‘म आफूले सक्दा र इच्छा हुँदासम्म टोलीमा रहनेछु । अहिलेको समय मेरो संन्यासको विषयमा सोच्ने होइन, वेल्सको फुटबलको विषयमा केन्द्रित हुने हो ।’

मुख्य प्रशिक्षक पेजले भने, ‘निरास नहुन म समर्थकलाई आग्रह गर्छु । अब हामीले  भविष्यको लागि फेरी आफुलाई तयार गर्नुपर्नेछ ।’

पछिल्लो समय बेलको पुश्ताको आगमनसँगै अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव बढाउन थालेको वेल्सले युरो २०१६ मा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर कोभिड १९ महामारीका कारण एक वर्ष ढिलो गरि गत वर्ष इङ्ल्यान्डमा भएको युरो २०२० मा भने टोली अन्तिम १६ बाट बाहिरिएको थियो ।

‘हामीले अन्तर्राष्ट्रिय फुटबलमा विस्तारै सुधार गरिरहेका छौं । समग्र विकासक्रमलाई हेरेर हामी आशावादी भएर अगाडि बढ्नुपर्छ । पक्कै पनि समूह चरणबाटै बाहिरिँदा हामी दुःखी छौं । तर, एउटा प्रतियोगितामा निस्किएको नतिजामात्र सबथोक होइन,’ पेजले भने । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।