चैत्र १५, २०८२ आइतबार | ०५:३१:३३
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

भविष्य हेर्दै वेल्स

काठमाडौं । इङ्ल्यान्डसँगको हारपछि प्रतियोगिताबाट बाहिरिए पनि वेल्सका प्रशिक्षक रब पेज र कप्तान गारेथ बेलले निराश हुनुपर्ने कुनै कारण् नरहेको बताएका छन्  ।

बेलले आफ्नो देशको ६४ वर्षपछिको पहिलो विश्वकप अभियानको दुःखद अन्त्य भए पनि समर्थकलाई आशावादी हुन आग्रह गरेका छन् । उनले विश्वकपको मञ्चमा उपस्थितीका लागि वेल्सले लामो समय प्रतिक्षा गरेको र यसपाली कम्तिमा त्यो सफलता हासिल गरेकोमा आशावादी भएर खुसी मनाउनुपर्ने बेलको भनाई थियो ।

समूह ‘बी’मा इरानसँग २-० र इङ्ल्यान्डसँग ३-० को नतिजामा पराजित भएको वेल्स अमेरिकासँग १-१ को बराबरी खेलेपछि एक अंकमा सीमित हुँदै कतार विश्वकपबाट बाहिरिएको थियो । यसक्रममा विजय रहित भएको टोलीले एउटा मात्र गोल गर्न सकेको थियो ।

अन्तराष्ट्रिय संन्यासको बारेमा विचार गरिरहेको चर्चालाई खारेज गर्दै भने ‘म आफूले सक्दा र इच्छा हुँदासम्म टोलीमा रहनेछु । अहिलेको समय मेरो संन्यासको विषयमा सोच्ने होइन, वेल्सको फुटबलको विषयमा केन्द्रित हुने हो ।’

मुख्य प्रशिक्षक पेजले भने, ‘निरास नहुन म समर्थकलाई आग्रह गर्छु । अब हामीले  भविष्यको लागि फेरी आफुलाई तयार गर्नुपर्नेछ ।’

पछिल्लो समय बेलको पुश्ताको आगमनसँगै अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव बढाउन थालेको वेल्सले युरो २०१६ मा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर कोभिड १९ महामारीका कारण एक वर्ष ढिलो गरि गत वर्ष इङ्ल्यान्डमा भएको युरो २०२० मा भने टोली अन्तिम १६ बाट बाहिरिएको थियो ।

‘हामीले अन्तर्राष्ट्रिय फुटबलमा विस्तारै सुधार गरिरहेका छौं । समग्र विकासक्रमलाई हेरेर हामी आशावादी भएर अगाडि बढ्नुपर्छ । पक्कै पनि समूह चरणबाटै बाहिरिँदा हामी दुःखी छौं । तर, एउटा प्रतियोगितामा निस्किएको नतिजामात्र सबथोक होइन,’ पेजले भने । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो