लियाेनल मेसी

मेसीसँग डराएर खेल्दैनौः रेनार्ड

दोहा । साउदी अरेबियाका प्रशिक्षक हार्भे रेनार्डले अर्जेन्टिनी टोलीमा स्ट्राइकर लियोनल मेसी भए पनि आफुहरु उनीसँग डराएर नखेल्ने बातएका छन् ।
अर्जेन्टिनाले समूह सी को पहिलो खेलमा आज साउदी अरेबियाको सामना गर्दैछ । 

‘हामी यहाँ सहभागिताका लागि भन्दा पनि विशेष छाप छोड्ने लक्ष्यका साथ आएका हौ,’उनले भने, ‘अर्जेन्टिना बलियो प्रतिद्धन्द्धी हो । सो टोलीमा मेसी छन् । जसकाविरुद्ध मैदान उत्रन पाउनु हाम्रा खेलाडीका लागि अवसर हो, जुन बिरलैमात्र मिल्छ । तर हामी उनीसँग डराएर खेल्दैनौ । हामी सुखद नतिजासहित प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न चाहन्छौ ।’

साउदी अरेबिया भने दाबेदार टोली अर्जेन्टिनालाई स्तब्ध पार्दै विश्वकप यात्राको सुखद थालनी गर्ने योजनामा छ । विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन् । तर साउदी अरेबियाका रक्षकलाई मेसीको गति रोक्न सहज भने हुनेछैन ।

अर्जेन्टिनाका लागि साउदी अरेबिया समूह सी मा अन्य टोलीको तुलनामा कमजोर टोली हो । यस समूहमा  मेक्सिको र पोल्यान्ड पनि रहेका छन् । 
सन् १९९४ को विश्वपकको समूह चरण पार गर्नु नै साउदी अरेबियाका लागि सबै भन्दा ठूलो उपलब्धी हो । त्यसयता साउदी अरेबियाको सहभागिता समूह चरणमा सीमित हुँदै आएको छ ।