चैत्र ११, २०८२ बुधबार | १०:२९:०२
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

लय कायम राख्ने इङ्ल्यान्ड र इरानको होड

समूह बी
इङ्ल्यान्डविरुद्ध इरान (साँझ ६ः४५) बजे
खेलस्थलः खलिफा अन्तर्राष्ट्रिय रंगशाला

दोहा । विश्वकप फुटबल होस् वा युरोपियन च्याम्पियनसिप होस् इङल्यान्डको टोलीलाई सधै उपाधि दाबेदारको रुपमा लिइन्छ । तर इङलिस टोलीले भने अहिलेसम्म सो दाबेदारी प्रमाणित गर्न सकेको छैन ।

सन् २०२० मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनपसपको फाइनलमा प्रवेश गरे पनि इटालीलाई नतिजा सुम्पिएसँगै उपविजेतामा सीमित भएको इइङल्यान्ड यस पटकको विश्वकपमा आफ्नो दाबेदारीलाई प्रमाणित गर्न चाहन्छ । 

इङल्यान्डले सन् २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । इङल्यान्ड सो लयलाई थप एक कदम अघि बढाउँदै विश्वकपको उपाधिसम्म पुग्ने लक्ष्यमा रहेको छ  । 

गारेथ साउथगेटको टोलीले आज समूह ‘बी’ को पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी इरानको सामना गर्दैछ । समूह बी मा इङ्ल्यान्ड र इरानसँगै अमेरिका र वेल्स छन् । 

इरानविरुद्ध सहज जितसहित इङल्यान्ड समूह बी को विजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने लक्ष्यको सुखद सुरुआत गर्न चाहन्छ । इङल्यान्डको विश्वकप यात्रा कहाँसम्म पुग्छ भन्ने कप्तान ह्यारी केनको लयले धेरै हदसम्म निर्धारण गर्नेमा दुबिधा छैन ।

सन् २०१८ मा इङल्यान्डको यात्रा सेमिफाइनलमा क्रोएसियाले रोकिदिएको थियो ।

युइएफए नेसन्स लिगमा खराब नतिजाका कारण घटुवामा परेको इङल्यान्डका लागि लयमा फर्कनु नै सबै भन्दा ठूलो चुनौती हो । 

इरान भने इङल्यान्डको खराब लयको फाइला उठाउने लक्ष्यमा रहेको छ । इरानका लागि रुस विश्वकपमा एक जित, एक हार र एक बराबरीको नतिजा ल्याए पनि नकआउट चरण प्रवेश गर्न लक्ष्यलाई पूर्णता दिन पर्याप्त भएको थिएन । त्यसैले इरान नकआउट चरण प्रवेशको लक्ष्य कतार विश्वकपमा पूरा गर्न चाहन्छ ।

 इङल्यान्ड, अमेरिका र वेल्ससम्मेलित समूह इरानका लागि सहज समूह पक्कै होइन । तर रुस विश्वकपको समूह चरणमा स्पेनसँग निराश भएको इरानले पोर्चुगलसँग अंक बाँडेको थियो । पहिलो खेलमा मोरक्कोमाथि इरानले जित निकालेको थियो ।

इङल्यान्डविरुद्धको हारले इरानको समूह चरण पार गर्ने लक्ष्य पहिलो खेलबाटै कठिन बन्न सक्छ ।

इरान सोही लय यस पटक कायम रहोस् भन्ने लक्ष्यमा रहेको छ । सन् १९९८, २००६, २०१४ र २०१८ को विश्वकपमा प्रतिस्पर्धा गरे पनि अहिलेसम्म नकआउट चरणमा प्रवेश गर्न सकेको छैन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो