माघ १७, २०८२ शनिबार | १४:०३:२१
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

लय कायम राख्ने इङ्ल्यान्ड र इरानको होड

समूह बी
इङ्ल्यान्डविरुद्ध इरान (साँझ ६ः४५) बजे
खेलस्थलः खलिफा अन्तर्राष्ट्रिय रंगशाला

दोहा । विश्वकप फुटबल होस् वा युरोपियन च्याम्पियनसिप होस् इङल्यान्डको टोलीलाई सधै उपाधि दाबेदारको रुपमा लिइन्छ । तर इङलिस टोलीले भने अहिलेसम्म सो दाबेदारी प्रमाणित गर्न सकेको छैन ।

सन् २०२० मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनपसपको फाइनलमा प्रवेश गरे पनि इटालीलाई नतिजा सुम्पिएसँगै उपविजेतामा सीमित भएको इइङल्यान्ड यस पटकको विश्वकपमा आफ्नो दाबेदारीलाई प्रमाणित गर्न चाहन्छ । 

इङल्यान्डले सन् २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । इङल्यान्ड सो लयलाई थप एक कदम अघि बढाउँदै विश्वकपको उपाधिसम्म पुग्ने लक्ष्यमा रहेको छ  । 

गारेथ साउथगेटको टोलीले आज समूह ‘बी’ को पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी इरानको सामना गर्दैछ । समूह बी मा इङ्ल्यान्ड र इरानसँगै अमेरिका र वेल्स छन् । 

इरानविरुद्ध सहज जितसहित इङल्यान्ड समूह बी को विजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने लक्ष्यको सुखद सुरुआत गर्न चाहन्छ । इङल्यान्डको विश्वकप यात्रा कहाँसम्म पुग्छ भन्ने कप्तान ह्यारी केनको लयले धेरै हदसम्म निर्धारण गर्नेमा दुबिधा छैन ।

सन् २०१८ मा इङल्यान्डको यात्रा सेमिफाइनलमा क्रोएसियाले रोकिदिएको थियो ।

युइएफए नेसन्स लिगमा खराब नतिजाका कारण घटुवामा परेको इङल्यान्डका लागि लयमा फर्कनु नै सबै भन्दा ठूलो चुनौती हो । 

इरान भने इङल्यान्डको खराब लयको फाइला उठाउने लक्ष्यमा रहेको छ । इरानका लागि रुस विश्वकपमा एक जित, एक हार र एक बराबरीको नतिजा ल्याए पनि नकआउट चरण प्रवेश गर्न लक्ष्यलाई पूर्णता दिन पर्याप्त भएको थिएन । त्यसैले इरान नकआउट चरण प्रवेशको लक्ष्य कतार विश्वकपमा पूरा गर्न चाहन्छ ।

 इङल्यान्ड, अमेरिका र वेल्ससम्मेलित समूह इरानका लागि सहज समूह पक्कै होइन । तर रुस विश्वकपको समूह चरणमा स्पेनसँग निराश भएको इरानले पोर्चुगलसँग अंक बाँडेको थियो । पहिलो खेलमा मोरक्कोमाथि इरानले जित निकालेको थियो ।

इङल्यान्डविरुद्धको हारले इरानको समूह चरण पार गर्ने लक्ष्य पहिलो खेलबाटै कठिन बन्न सक्छ ।

इरान सोही लय यस पटक कायम रहोस् भन्ने लक्ष्यमा रहेको छ । सन् १९९८, २००६, २०१४ र २०१८ को विश्वकपमा प्रतिस्पर्धा गरे पनि अहिलेसम्म नकआउट चरणमा प्रवेश गर्न सकेको छैन ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।