चैत्र १६, २०८२ सोमबार | २०:५१:४६
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

विश्व फुटबलको महाकुम्भ आजबाट

दोहा । सन् २०१० मा अमेरिकालाई पछि पार्दै विश्वकप आयोजनाको अधिकार पाएसँगै निरन्तर आलोचित बनिरहेको कतारले अन्ततः विवादको १२ वर्ष पार गर्दै आजबाट विश्वकप २०२२ को आयोजना गर्दैछ । 

मध्यपश्चिमको मुस्लिमले राष्ट्रले पहिलो पटक आयोजना गर्न लागेको विश्वप अनेकौ विवादले आयोजना अघि नै सधै विवादको भुरीमा परिरह्यो ।

तर फिफाका अध्यक्ष्य जियानी इन्फान्टिनाले विश्वकपमा सहभागी ३२ राष्ट्रलाई अन्य विवादमा भन्दा पनि फुटबलमा केन्द्रित हुन पत्राचार नै गरेको थियो । 

कतार र इक्वेडरबीच अल बयात स्टेडियममा हुने खेलसँगै विश्वपको औपचारिक सुरुआत हुनेछ । खेल नेपाली समय अनुसार राती ९ः४५ बजे सुरु हुनेछ ।

समूह ए मा कतारले इक्वेडरसँगै नेदरल्यान्ड्स र सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कप २०१९ को विजेता कतारले समूह पहिलो विश्वकप सहभागितामा समूह चरण पार गर्ने लक्ष्य लिएको छ । 

विश्वकप इतिहामा अहिलेसम्म एक पटक मात्र आयोजकले समूह चरण पार गर्न सकेको छैन । सन् २०१० मा दक्षिण अफ्रिकाको यात्रा समूह चरणमा सीमित भएको थियो ।

जुन–जुलाईमा कतारको तापक्रम ५० डिग्रि सेल्सियस भन्दा माथि पुग्ने भएकाले पहिलो पटक नोभेम्बर–डिसेम्बरमा आयोजना हुन लागेको हो ।

शुक्रबार मात्र कतारले विश्वकप दौरान रंगशालामा मादकपदार्थको किनबेच र सेवनमा रोक लगाएको थियो । २९ दिन संचालन हुने प्रतियोगितामा फ्रान्स विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । विश्व फुटबलको महाकुम्भ २९ दिनसम्म संचालन हुनेछ ।

समूह चरणमा प्रत्येक दिन चार खेल हुनेछ । समूह चरण अन्त्य भएको भोलीपल्टबाटै नकआउट चरणको खेल सुरु हुनेछ ।

चोटका कारण बलोन डी अर विजेता फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा, मिडफिल्डर पाउल पोग्बा, जर्मनीका टिमो वेर्नेर, इङल्यान्डका रिस जेम्स,सेनेगलका साडियो माने,पोर्चुगलका डिएगो जोटा, अर्जेन्टिनाका जियोभानी लो सेल्सोले कतार विश्वकप गुमाउनेछन् । 

म्यानचेस्टर सिटीका एर्लिङ हाल्यान्ड र लिभरपुलका मोहम्मल सलाह भन् यस पटक विश्वकपमा देखिने छैनन् ।नर्वे र इजिप्टले विश्वकपको टिकट काट्न सकेको थिएन ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो