माघ ९, २०८२ शुक्रबार | ०७:३२:४४
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

मेसीविरुद्ध विश्वकपको फाइनल खेल्ने रोनाल्डोको चाहाना

दोहा । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कतार विश्वकप २०२२ को फाइनलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाविरुद्ध खेल्ने चाहाना रहेको बताएका छन् ।

रोनाल्डो र मेसी समान पाँचौ पटक विश्वकपका सहभागी हुँदैछन् । रोनाल्डो र मेसीले यसअघि नै कतार विश्वकप नै आफ्ना लागि अन्तिम विश्वकप हुने संकेत गरिसकको छन् ।

पोर्चुगलले समूह एचमा घाना, उरुग्वे र दक्षिण कोरियाको सामना गर्नेछ । यता अर्जेन्टिनाले भने समूह सी मा मेक्सिको, पोल्यान्ड र साउदी अरेबियाको सामना गर्नेछ । 

स्पेनिस ला लिगामा रोनाल्डो रियाल मड्रिड र मेसी बार्सिलोनामा रहँदा यी दुई खेलाडी विश्व फुटबलको चिरप्रतिद्धन्द्धीको रुपमा रहेका थिए । यद्धपी रोनाल्डोले मेसीको टोलीविरुद्ध डिसेम्बर १८ मा हुने वश्वकप फाइनल खेल्ने चाहाना राखेका हुन् ।

रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो भने मेसीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको थियो । यद्धपी दुवै खेलाडीले विश्वकप भने जित्न सकेका छैनन ।

‘यदी पोर्चुगलले कतार विश्वकपको फाइनलसम्मको यात्रा तय गर्यो भने म उपाधि भिडन्तमा मेसीको टोलीविरुद्ध होस् भन्ने चाहन्छु’, रोनाल्डोले भने । 
रोनाल्डोले पाँच पटक बलोन डी अर जितेका छन् भने मेसीले कीर्तिमानी सात पटक बलोन डी अर जितेका छन् ।

मेसी हाल पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवासयिक फुटबल खेल्छन् भने रोनाल्डो पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा छन् । रोनाल्डोले  व्यवसायिक खेलजीवनमा चिरप्रतिद्धन्द्धी रहे पनि आफूहरुबीच व्यत्तिगत सम्बन्ध भने सुमधुर रहेको बताए ।

‘हामी विश्व फुटबलमा १६ वर्ष चिरप्रतिद्धन्द्धीका रुपमा रह्यौ,’रोनाल्डोले भने, ‘मेरो र मेसीको व्यत्तिगत सम्बन्ध राम्रो छ । हामी एक अर्कालाई सम्मान गर्छौ । ’
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate