चैत्र ८, २०८२ आइतबार | ००:५७:४९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मेसीविरुद्ध विश्वकपको फाइनल खेल्ने रोनाल्डोको चाहाना

दोहा । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कतार विश्वकप २०२२ को फाइनलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाविरुद्ध खेल्ने चाहाना रहेको बताएका छन् ।

रोनाल्डो र मेसी समान पाँचौ पटक विश्वकपका सहभागी हुँदैछन् । रोनाल्डो र मेसीले यसअघि नै कतार विश्वकप नै आफ्ना लागि अन्तिम विश्वकप हुने संकेत गरिसकको छन् ।

पोर्चुगलले समूह एचमा घाना, उरुग्वे र दक्षिण कोरियाको सामना गर्नेछ । यता अर्जेन्टिनाले भने समूह सी मा मेक्सिको, पोल्यान्ड र साउदी अरेबियाको सामना गर्नेछ । 

स्पेनिस ला लिगामा रोनाल्डो रियाल मड्रिड र मेसी बार्सिलोनामा रहँदा यी दुई खेलाडी विश्व फुटबलको चिरप्रतिद्धन्द्धीको रुपमा रहेका थिए । यद्धपी रोनाल्डोले मेसीको टोलीविरुद्ध डिसेम्बर १८ मा हुने वश्वकप फाइनल खेल्ने चाहाना राखेका हुन् ।

रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो भने मेसीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको थियो । यद्धपी दुवै खेलाडीले विश्वकप भने जित्न सकेका छैनन ।

‘यदी पोर्चुगलले कतार विश्वकपको फाइनलसम्मको यात्रा तय गर्यो भने म उपाधि भिडन्तमा मेसीको टोलीविरुद्ध होस् भन्ने चाहन्छु’, रोनाल्डोले भने । 
रोनाल्डोले पाँच पटक बलोन डी अर जितेका छन् भने मेसीले कीर्तिमानी सात पटक बलोन डी अर जितेका छन् ।

मेसी हाल पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवासयिक फुटबल खेल्छन् भने रोनाल्डो पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा छन् । रोनाल्डोले  व्यवसायिक खेलजीवनमा चिरप्रतिद्धन्द्धी रहे पनि आफूहरुबीच व्यत्तिगत सम्बन्ध भने सुमधुर रहेको बताए ।

‘हामी विश्व फुटबलमा १६ वर्ष चिरप्रतिद्धन्द्धीका रुपमा रह्यौ,’रोनाल्डोले भने, ‘मेरो र मेसीको व्यत्तिगत सम्बन्ध राम्रो छ । हामी एक अर्कालाई सम्मान गर्छौ । ’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो