कार्तिक २५, २०८२ मंगलबार | ०२:२२:०७
एनपिएलका यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार एनपिएलका यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार

घानाको एउटै लक्ष्यः बदला

काठमाडौं । विश्वकपमा अफ्रिकी टोलीहरुले अहिलेसम्म बनाउन सकेको एउटै छवि भनेको अन्डरडगको हो । विश्वकपको इतिहासमा अफ्रिकी टोलीको यात्रा बढीमा क्वार्टरफाइनलसम्म पुगेको छ । अन्तिम आठसम्मको यात्रा तय गर्न सफल तीन अफ्रिकी टोलीमध्ये घाना पछिल्लो राष्ट्र हो । घानाले दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकपमा क्वार्टरफाइनल पुग्नुअघि अफ्रिकाबाट यस्तो उपलब्धि १९९० मा क्यामरुन र २००२ मा सेनेगलले हासिल गरेका थिए ।

क्वार्टरफाइनल पुग्ने तीन वटैको आ-आफ्नै कथा छन् । तर तीनै टिमको एउटा समानता चाँही के हो भने, उनीहरु अन्तिम आठभन्दा अगाडि बढ्ने क्षमता राख्थे । केवल भाग्यको साथ पाएनन् । तीन मध्ये पनि घाना सबैभन्दा अभागी सावित भयो । दक्षिण अफ्रिकामा टोलीले हातमा आइसकेको सेमिफाइनल खेल्ने मौका गुमायो आफ्नै महादेशमा भएको विश्वकपमाम घाना सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्नबाट एक किक मात्र टाढा थियो । उरुग्वेविरुद्ध अतिरिक्त समयको पनि केही सेकेन्डमात्र बाँकी रहँदा टोलीले पेनाल्टीको मौका पायो । जसमा टोल्किा सबभन्दा भरपर्दा खेलाडी असामोह जियान चुक्न पुगे । पछि टाई ब्रेकरमा टोली ४-२ ले पराजित भयो ।

२००६ मा पहिलो पटक विश्वकप खेलेको टोलीले कतारमा चौथो पटक सहभागिता जनाउँदैछ । तर, घानाका समर्थकले २०१० को क्वार्टरफाइनलमा जियानबाट चुकेको पेनाल्टी अझै विर्सन सकेको छैन । मध्यपूर्वको सानो देश कतारमा मंसिर चारबाट सुरु हुने प्रतियोगिताको समूह ‘एच’मा रहेको टोलीले त्योभन्दा माथि उठ्न सके त्यो पीडामा मल्हम लगाउनेछ ।

बेलायती उपनिवेशबाट सन् १९५७ मा स्वतन्त्र भएकै वर्ष घानामा फुटबल संघ स्थापना भएको थियो । त्यसको एक वर्षपछि घानाले फिफा र अफ्रिकी फुटबल महासंघको सदस्यता लियो । राष्ट्रिय टोलीले त्यसपछि तुरुन्तै मार्कस गार्वेको पान-अफ्रिकनवाद आन्दोलनलाई श्रद्धाञ्जली अर्पन गर्दै ‘ब्ल्याक स्टार्स’ उपनाम अपनायो । जमैकन मूलका मार्कस गार्वे ‘युनिभर्सल नेग्रो इम्प्रुभमेन्ट एसोसिएसन’का संस्थापक थिए । उनले अमेरिकाको पहिलो अश्वेत राष्ट्रवादी आन्दोलनलाई व्यवस्थित गरेका थिए ।

आफ्नो एसोसिएसनबाट ‘ब्याक टु अफ्रिका’ आन्दोलनलाई समर्थन गर्न जोड दिएका उनले ‘ब्ल्याक स्टार लाइन’को सिर्जना गरे, जसले संरक्षकहरुलाई अफ्रिकामा अगाडि र पछाडि लैजाने काम गर्यो । ब्ल्याक आर्थिक स्वतन्त्रतालाई प्रोत्साहित गर्न उनले रेस्टुरेन्ट र किनमेल केन्द्रहरु पनि बढाए । आधिकारिक रुपमा फुटबल खेल्न सुरु गरे देखिनै घाना राष्ट्रिय फुटबल टोलीलाई ब्ल्याक स्टार्सको उपनामले चिनिदै आएको छ ।

घरेलु भूमिमा भएको १९६३ अफ्रिका कप अफ नेशन्समा घानाले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । फाइनलमा सुडानलाई ३-० ले पराजित गरेर टोलीले ‘डेब्यु’ प्रतियोगितामै उपाधि जित्यो । घानाले दुई वर्षपछि फाइनलमा ट्युनिसियालाई टाई ब्रेकरमा ३-२ ले हराउँदै लगातार दोस्रो महादेशीय कप जित्यो । त्यसपछिका दुई प्रतियोगितामा टिम फाइनलमा कंगो र सुडानसँग पराजित हुँदै उपविजेतामा सीमित भयो ।

१९७० पछि लगातार तीनवटा अफ्रिका कप अफ नेशन्स गुमाएको टोली १९७८ मा आयोजक बनेर प्रतियोगितामा फर्कियो । फाइनलमा युगान्डालाई हराउँदै टोलीले तेस्रो पटक अफ्रिकी कप अफ नेशन्सको उपाधि जित्यो । त्यसपछि १९८२ मा चौथो पटक महादेशीय उपाधि जितेको टोलीले त्यसपछि दुई दशकसम्म लय गुमायो । अफ्रिकाभित्रैको प्रतिस्पर्धामा पनि टोली संघर्षमै सीमित भयो । यसबीच १९९२ मा एक पटक फाइनल खेले पनि आइभोरी कोस्टसँग पराजित हुँदै टोली उपाधिबाट विमूख भयो ।

गृहयुद्धको समेत चपेटामा परेको देशले १९९२ मा अफ्रिका कप अफ नेशन्सको फाइनल हारेको सात महिनापछि बार्सिलोना ओलम्पिकमा कांस्य पदक जित्यो । जुन अफ्रिकि देशले ओलम्पिकको फुटबलमा जितेको पहिलो पदक थियो । १९९२ पछि घाना महादेशीय प्रतियोगितामा दुई पटक उपाधि नजिक पुग्यो, २०१० र २०१५ मा । २०१० मा इजिप्टसँग १-० ले हारेको घाना २०१५ मा आइभोरी कोस्टसँग फेरि टाइब्रेकरमा पराजित भयो ।

२००० को दशकको प्रारम्भपछि घानामा नयाँ पुस्ताको आगमन भयो । माइकल इसेन, सुले मोन्टारी, जोन मेन्साह र आसमोह जियान जस्ता खेलाडीहरुको नेतृत्वमा अन्ततः ब्ल्याक स्टार्सले २००६ मा पहिलो पटक विश्वकप खेल्यो । अफ्रिकन विश्वकप छनोटको पहिलो चरणमा सोमालियाविरुद्ध ७-० को फराकिलो जित निकालेको घाना दोस्रो चरणमा समूह विजेता बन्दै विश्वकपका लागि योग्य भएको थियो ।

जर्मन विश्वकप २००६ मा आफ्नो विश्वकप इतिहासकै पहिलो खेलमा घाना इटालीसँग ३-० को नतिजामा पराजित भयो । पछि फाइनलमा फ्रान्सलाई हराउँदै इटालीले उक्त संस्करणमा उपाधि जितेको थियो । दोस्रो खेलमा चेक गणतन्त्रलाई हराएको घाना समूहको अत्तिम खेलमा साविक विजेता ब्राजिलसँग ३-० को नतिजामा पराजित हुँदै घर फर्कियो ।

चार वर्षपछि घानाले दोस्रो पटक विश्वकप खेल्यो । दक्षिण अफ्रिका विश्वकपको लागि छनोटको अन्तिम चरणमा घानाले बेनिन, माली र सुडानको चुनौती पन्छाएको थियो । दक्षिण अफ्रिकामा जर्मनी, सर्बिया र अस्ट्रेलिया रहेको कठिन समूहबाट एक जित, एक बराबरी र एक हारको नतिजाका साथ टोली अन्तिम १६ पुग्यो । अन्तिम १६ मा अमेरिकालाई २-१ को नतिजामा निराश पारेर अफ्रिकी टोलीले इतिहासमै पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गर्यो । क्वार्टरफाइनल टोलीका लागि दुर्भाग्यजनक रहयो । जहाँ टाई ब्रेकरमा टोली दुई पटकको पूर्व विजेता उरुग्वेसँग निराश हुनु परेको थियो ।

उरुग्वे र घाना बीचको त्यो खेल विश्वकपको चर्चा गर्दा अहिले पनि स्मरण गरिन्छ । पहिलो हाफ सकिनै लाग्दा सुले मोन्टारीले ४० यार्डबाट सुन्दर गोल गर्दै घानालाई अग्रता दिलाए । डिएगो फोर्लानले दोस्रो हाफमा फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा पुगेको खेलको अन्तिम समयमा घानाका डोमिनिक अदियाको हेडर उरुग्वेन गोल पोस्ट भित्र पस्नै लाग्दा लुइस स्वारेजले हातले बचाए । त्यसपछि स्वारेजलाई रातो कार्ड देखाइयो र घानाले पेनाल्टी पायो । प्राप्त पेनाल्टी खेलको अन्तिम किक थियो । घाना पहिलो पटक विश्वकप सेमिफाइनल जाने लगभग पक्का थियो । तर, आसामोवा जियानले उक्त पेनाल्टी मिस गरे ।

खासमा त्योबेला घानामाथि अन्याय भएकै थियो । स्वारेजले खेल भावनामाथि नै धोका गरेका थिए । १२ वर्षपछि यी दुई देश फेरि विश्वकपमा भेट्दै छन् । कतारमा घानाले समूह चरणमा उरुग्वेसँगै पोर्चुगल र दक्षिण कोरियासँग खेल्दैछ । उरुग्वेसँग खेल हुने भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट २०१९ मै सन्यास लिइसकेका जियानले कतार विश्वकप खेल्न चाहेको कुरा गरेका छन्  ।

उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘घानावासीहरु बदला चाहन्छन् । यो घानाको प्रेरणा हो । म लामो समयदेखि खेलमा छु । उरुग्वेविरुद्ध के भयो, त्यो सारा संशारलाई थाहा छ । उरुग्वेलाई एउटै समूहमा देख्ने वित्तिकै हाम्रो दिमागमा आएको एउटै कुरा भनेको बदला हो । यो स्वभाविक कुरा हो । मेरो दिमागमा एउटै कुरा छ, यदि मैले अर्को मौका पाएँ भने म आफैलाई प्रमाणित गर्न सक्षम हुन सक्छु ।’

घानाले दक्षिण अफ्रिकाको निराशापछि २०१४ मा अर्को विश्वकपका लागि ब्राजिलको टिकट काट्यो । दुई इजिप्टलाई समग्रमा ७-३ ले पराजित गर्दै घाना ब्राजिल विश्वकपका लागि योग्य भएको थियो । २०१२ मा आसमोह जियानले कप्तानको जिम्मेवारी पाएका थिए । कप्तान जियानले ब्राजिल विश्वकपमा सर्वाधिक ६ गोल गरे । २००९ मा २० वर्ष मुनिको विश्वकप जित्ने टोलीका सात खेलाडी ब्राजिल भ्रमण गरेको घानाको टोलीमा समावेश थिए ।

ब्राजिलमा जर्मनी, अमेरिका र पोर्चुगल रहेको ‘ग्रुप अफ डेथ’मा घाना एक अंकमा सीमित हुँदै घर फर्कियो । त्यसको चार वर्षपछि इजिप्टको चुनौती पन्छाउन नसक्दा घाना रुस विश्वकप २०१८ लाई लायक भएन । यसपाली अन्तिम चरणमा नाइजेरियालाई अवे गोल पद्दतिमा निराश पार्दै घानाले कतारको टिकट काटेको थियो ।

२०१९ मा जियानले संन्यास लिएपछि आन्द्रे आयुले घानाको टिमलाई कप्तानको भूमिकाबाट नेतृत्व गरिरहेका छन् । जहाँ टोलीलाई यसपाली पनि सजिलो छैन । घाना विश्वकपको सबभन्दा कठिन मानिएको समूहमा छ । टोलीले यसपाली पोर्चुगल, उरुग्वे र दक्षिण अफ्रिकासँग समूह चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ । तर आर्सनलका थोमस पार्टी र स्पेनको राष्ट्रिय टिमबाट खेलिसकेका एथलेटिलो बिल्बाओका इनाकी विलियम्सका साथै अनूभवी कप्तान आन्द्रे आयु र जोर्डन आयुको प्रेरणामा टोलीले दक्षिण अफ्रिकाको जस्तै जादु गर्ने अपेक्षा गरिएको छ ।

 

हेर्नलायक खेलाडी 

इनाकी विलियम्स (एथ्लेटिक बिल्बाओ)

उमेर समूहमा युरोपियन मुलुक स्पेनको प्रतिनिधित्व गरिसकेका फरवार्ड इनाकी विलियम्सले स्पेनको सिनियर टोलीबाट पनि एक खेल खेलेका छन् । २८ वर्षे विलियम्स स्पेनको बिल्बाओमा जन्मेका हुन् । विलियम्सका आमाबाबु भने घानाका हुन् । घानाको जर्सी उनले यसै वर्ष मात्र लगाएका हुन् ।

२०१४ देखि एथ्लेटिक बिल्बाओबाट व्यावसायिक फुटबल खेलिरहेका विलियम्सललाई धेरै घाइते भइनरहने खेलाडीका रुपमा चिनिन्छ । २०१६ अप्रिल २० यता उनले बिल्बाओबाट एक खेल पनि गुमाएका छैनन् । विलियम्सले स्पेनिस ला लिगामा मात्र लगातार दुई सय ४० खेल खेलेका छन् ।

घानाका लागि विलियम्सले जम्मा दुई अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तर कतारमा उनको प्रदर्शनमा घानाको यात्रा निर्भर हुन सक्छ । काउन्टर अट्याकमा तिब्र गतिबाट विलियम्सले कतारमा विपक्षीहरुलाई सताउन सक्छन् । कतारमा विलियम्ससँगै कप्तान आन्द्रे आयु, थोमस पार्टे र अनुभवी जोर्डन आयु पनि घानाको विश्वकप अधियानमा महत्वपूर्ण सारथी हुन सक्छन् ।

विश्वकपमा घाना

विरुद्ध पोर्चुगल (रंगशाला ९७४)
मंसिर ८ गते, राति ९ः४५ बजे

विरुद्ध दक्षिण कोरिया (एजुकेसन सिटी रंगशाला)
मंसिर १२ गते, साँझ ६ः४५ बजे

विरुद्ध उरुग्वे (अल जुनब रंगशाला)
मंसिर १६ गते, राति ८ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder