कार्तिक २४, २०८२ सोमबार | २१:०३:१५
हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार अभ्यास शृंखलाका लागि भारत जाँदै महिला क्रिकेट टोली एन्फा–खेलाडी बैठक प्रत्यक्ष प्रशारण नभए खेलाडीले बहिस्कार गर्ने हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार अभ्यास शृंखलाका लागि भारत जाँदै महिला क्रिकेट टोली एन्फा–खेलाडी बैठक प्रत्यक्ष प्रशारण नभए खेलाडीले बहिस्कार गर्ने

काठमान्डौंलाई केआइइसीको साथ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनिपएल) को दोस्रो सिजनका लागि काठमान्डौं गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसँग प्रायोजन सम्झौता गरेको छ ।

केआइइसीले विदेशमा अध्यन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षीक परामर्श दिँदै आएको छ ।  

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र केआइइसीका संस्थापक एवंम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र केआईईसीका बजार प्रवन्धक सुमित श्रेष्ठको रोहवरमा सम्झौता गरिएको थियो ।

सम्झौता अनुसार  काठमान्डौंले जर्सीमा केआइइसीको लोगो राखेर एनपिएल खेल्ने छ ।

गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले खेलकुदका विभिन्न क्षेत्रमा केइइसीले गर्दै आएको बजार व्यवस्थापन कार्यको प्रशंसा गरे ।

केआइइसीका संस्थापक रिजालले युवाहरुको भविष्यका लागि कार्य गर्दै आएको र एनपिएल पनि युवामाझ लोकप्रिय भएकाले काठमान्डौंसँग जोडिएको बताए ।

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रूपमा शिखर इन्स्योरेन्स, ड्रिक्स पार्टनरको रूपमा एक्सट्रिम इनर्जी ड्रिक्ससँग प्रायोजन सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ  ।

यस्तै काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

यस्तै टोलीले इङ्लिस विकेटकिपर/ब्याटर जोहन सिम्पसन दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार, इङ्लिस ब्याटर बेन चार्ल्सवर्थ र भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई अनुबन्धन गरेको छ ।

काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।


 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder