कार्तिक २४, २०८२ सोमबार | १३:२६:३६
अभ्यास शृंखलाका लागि भारत जाँदै महिला क्रिकेट टोली एन्फा–खेलाडी बैठक प्रत्यक्ष प्रशारण नभए खेलाडीले बहिस्कार गर्ने पुबुदु दासानायके विराटनगरको प्रशिक्षक बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान अभ्यास शृंखलाका लागि भारत जाँदै महिला क्रिकेट टोली एन्फा–खेलाडी बैठक प्रत्यक्ष प्रशारण नभए खेलाडीले बहिस्कार गर्ने पुबुदु दासानायके विराटनगरको प्रशिक्षक बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान

एन्फा–खेलाडी बैठक प्रत्यक्ष प्रशारण नभए खेलाडीले बहिस्कार गर्ने

काठमाडौं । खेलाडीको आन्दोलनपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजलाई बोलाएको बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने नेपाल फुटबल खेलाडी संघले राखेको छ ।

खेलाडी संघले आज बिहान आफ्नो फेसबुक पेजमा एउटा स्टेटस राख्दै आन्दोलनप्रति चासो राख्दै बैठक आह्वान गरेकोमा एन्फालाई धन्यवाद दिँदै बैठक आम फुटबलप्रेमीको पनि चासोको विषय भएकोले प्रत्यक्ष प्रशारणको माग राखेको छ ।

खेलाडी संघका पदाधिकारीका अनुसार एन्फाले भने प्रत्यक्ष प्रशारणका लागि आनाकानी गरिरहेको छ । तर आफूहरु भने प्रत्यक्ष प्रशारण नभए बार्तामा नबस्ने उनले बताए ।

संघका अध्यक्ष विक्रम लामाले खेलाडी डटकमसँग भने, ‘एन्फाले हाम्रो आनदोलनप्रति देखाएको चासोका लागि हामी उहाँहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौं । र अब यो हामी खेलाडीको मात्र विषय रहेन । यो अब सम्पूर्ण खेलप्रेमीको विषय भइसक्यो । त्यसकारण प्रत्यक्ष प्रशारण हुनुपर्छ भन्ने हाम्रो कुरा हो । प्रत्यक्ष प्रशारण भएन भने हामी बैठक बस्दैनौं ।'

एन्फा र खेलाडीबीच सहिद स्मारक ए डिभिजन लिग गर्ने विषयमा आज दिउसो १ बजे सातदोबाटोस्थित एन्फा मुख्यालय बसिँदैछ ।

आइतबार एन्फाले प्रेस विज्ञप्तिमार्फत नेपाल फुटबल खेलाडी संघका प्रतिनिधिलाई सोमबार वार्ताका लागि आह्वान गरेको थियो ।
गत सोमबार एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो । शीर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेपछि खेलाडीहरु आक्रोशित भएका थिए ।

तीन दिनपछि खेलाडी संघले एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनै पर्ने भन्दै आह्वान गरेको आन्दोलनमा जेन्जी युवा, तथा पूर्व खेलाडी र प्रशिक्षकहरुले पनि ऐक्यबद्धता जनाएका थिए । एन्फा प्रवेश गर्न नपाएपछि खेलाडीले विरोधस्वरुप मेडल झुन्डाएर धर्ना कार्यक्रम सक्काएका थिए ।


भिडियो
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder
लिग नहुँदा टिम तयार गर्न गाह्रो भयो ll Hari Khadka, Head Coach, National Football Team
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA