काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले भारत भ्रमण गर्ने भएको छ ।
भ्रमणका क्रममा नेपाली टोलीले नोभेम्बर १३ देखि १९ सम्म ६ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दियो ।
नेपालले नोभेम्बर १३ र १७ मा राजस्थान, १४ र १८ मा उत्तराखण्ड क्रिकेट संघ तथा १५ र १९ मा बंगालको सामना गर्नेछ ।
शृंखला खेल उत्तराखण्डको चिदरवालास्थित आयुश क्रिकेट एकेडेमीमा हुनेछ ।
क्यानले भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषण गरेको छ। टोलीमा १० परिवर्तन भएको छ ।
मलेसियासँग ट्वान्टी २० शृंखला खेलेको टोलीबाट सीता रानमगर, राजमति ऐरी, कविता जोशी, रुवी पोदार, रचना चौधरी, यशोदा विष्ट, रिया शर्मा, सम्झना खड्का, सावित्री धामी र सोमु विष्ट बाहिरिएका छन् ।
यसैगरी अस्मिना कर्माचार्य, इश्वरी विष्ट, साना प्रविन, रोमा थापा, मनिषा उपाध्याय, सीमाना केसी, ममता चौधरी, विन्दु रावल र लक्ष्मी साउद टोलीमा अटाएका छन् ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, साना प्रविन, रोमा थापा, मनिषा उपाध्याय, सीमाना केसी, ममता चौधरी, विन्दु रावल, लक्ष्मी साउद
