मंसिर २६, २०८२ शुक्रबार | २३:४९:२९
जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

फाइल तस्विर, एपिएफकाे टाेली ।

काठमाडौं । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् ।

फाइनल खेल सोमबार दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका थिए ।

एपिएफका प्रशिक्षक जिवेश पाण्डे अपराजित यात्रा कायम राख्दै च्याम्पियन बन्ने बताउँछन् ।  ‘हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार बेहोरेको छैन । यस पटक पनि त्यसलाई कायम राख्दै हामी उपाधि जित्ने छौं गर्नेछौं,’ प्रशिक्षक पाण्डेले भने ।

कप्तान अनिता बस्नेत पनि च्याम्पियनबन्दै उपाधि थप्नेमा विश्वस्त छिन् । ‘हामी सँधै ट्रफीका लागि खेल्छौं । झापाको मैदानमा पनि हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौं,’ उनले भनिनन् ।

नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले पनि टोली राम्रो लयमा रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे ‘धेरैपछि रेखा पौडेल र पूजा रानले धेरैपछि सँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले यस पटक हामी एपिएफलाई हराउँदै उपाधि जित्नेछौं ।’

पुलिसकी कप्तान अमृता जैसीले भने विगतका पराजयको बदला झापामै लिने  विश्वास व्यक्त गरिन् । ‘हामीले विगतमा धेरै पटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यस पटक बदला लिँदै ट्रफी लिएर जानेछौं । झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ,’ उनले भनिन् ।

राष्ट्रिय खेलाडीले भरिएका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

आयोजक समितिका अनुसार फाइनलका लागि टिकट दर सामान्यतर्फ ३०० र ५०० रुपैयाँ तथा भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको विजेताले १० लाख १० हजार तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II