कार्तिक २४, २०८२ सोमबार | ०९:२३:०५
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

फाइल तस्विर, एपिएफकाे टाेली ।

काठमाडौं । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् ।

फाइनल खेल सोमबार दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका थिए ।

एपिएफका प्रशिक्षक जिवेश पाण्डे अपराजित यात्रा कायम राख्दै च्याम्पियन बन्ने बताउँछन् ।  ‘हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार बेहोरेको छैन । यस पटक पनि त्यसलाई कायम राख्दै हामी उपाधि जित्ने छौं गर्नेछौं,’ प्रशिक्षक पाण्डेले भने ।

कप्तान अनिता बस्नेत पनि च्याम्पियनबन्दै उपाधि थप्नेमा विश्वस्त छिन् । ‘हामी सँधै ट्रफीका लागि खेल्छौं । झापाको मैदानमा पनि हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौं,’ उनले भनिनन् ।

नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले पनि टोली राम्रो लयमा रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे ‘धेरैपछि रेखा पौडेल र पूजा रानले धेरैपछि सँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले यस पटक हामी एपिएफलाई हराउँदै उपाधि जित्नेछौं ।’

पुलिसकी कप्तान अमृता जैसीले भने विगतका पराजयको बदला झापामै लिने  विश्वास व्यक्त गरिन् । ‘हामीले विगतमा धेरै पटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यस पटक बदला लिँदै ट्रफी लिएर जानेछौं । झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ,’ उनले भनिन् ।

राष्ट्रिय खेलाडीले भरिएका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

आयोजक समितिका अनुसार फाइनलका लागि टिकट दर सामान्यतर्फ ३०० र ५०० रुपैयाँ तथा भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको विजेताले १० लाख १० हजार तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन