चैत्र १३, २०८२ शुक्रबार | २३:५१:५८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

नकआउट चरणमा गोलको खडेरी तोड्ने मेसी र रोनाल्डोको लक्ष्य

दोहा । विश्व फुटबलमा एक छत्र राज गरेका अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसी र पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट हो भन्ने बहस सुरु भएको  १५ वर्ष भन्दा बढी भइसक्यो । मेसी र रोनाल्डोले बालोन डी अर मा पनि राज गरिरहे । क्लब फुटबलमा सबै सफलता चुमेका मेसी र रोनाल्डोले अहिलेसम्म विश्वकप भने जित्न सकेको छैनन । 

सन् २०१४ मा मेसी विश्वकपकाे उपाधि संघारमा पुगेका थिए । मेसीको नेतृत्वमा अर्जेन्टिनाले ब्राजिलमा सम्पन्न  विश्वकपकाे  फाइनल सम्मको यात्रा गरेको थियो । तर मेसीको विश्वकपको उपाधि सपनामा जर्मनी बाधक बन्यो । जर्मनीले ब्राजिल विश्वकपको फाइनलमा जर्मनीलाई १-० ले हराएको थियो ।

सेमिफाइनलसम्मको यात्रा तय गर्नु नै रोनाल्डोका लागि विश्वकपमा सबै भन्दा ठूलो उपलब्धी हो । लुइस फिगोको नेतृत्वमा पोर्चुगलले २००६ जर्मनी विश्वकपमा अन्तिम चार सम्मको यात्रा गरेको थियो । जहाँ पोर्चुगल  फ्रान्ससँग १–० पराजित भएको थियो । पोर्चुगल आयोजक जर्मनीसँग तेस्रो स्थानको का लागि भएको खेलमा ३–१ ले पराजित भएको थियो ।

कतार विश्वकप २०२२  दुवैका लागि विश्व फुटबलको महाकुम्भमा  सफलता हात पार्ने सम्भवत अन्तिम अवसर हो ।

ब्यावसायिक खेलाडी जीवनमा यी दुई खेलाडीले जित्न बाँकी केही छैन । फुटबलमा बनेका विभिन्न कीर्तिमानहरु पनि यी दुवैको नाममा छ । चाहे त्यो सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान होस् वा सर्वाधिक बालोन डी’अरको । यद्धपी मेसी र रोनाल्डोले विश्वकपको नकआउट चरणमा गोल गर्न सकेका छैनन । 

मेसी र रोनाल्डाका लागि यो पाँचौ विश्वकप सहभागिता हो । अहिलेसम्म मेसीले समूह  चरणमा कुल ६ गोल गर्दा रोनाल्डोले ५ गोल गरेका छन् । अन्तिम विश्वकप सहभागिता यादगार बनाउने लक्ष्यमा रहेका मेसी र रोनाल्डो नकआउट चरणमा समेत गोल गर्दै आफ्नो नाममा रहेको खराब रेकर्ड मेटाउन चाहन्छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो