माघ १८, २०८२ आइतबार | १३:२१:१७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

नकआउट चरणमा गोलको खडेरी तोड्ने मेसी र रोनाल्डोको लक्ष्य

दोहा । विश्व फुटबलमा एक छत्र राज गरेका अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसी र पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट हो भन्ने बहस सुरु भएको  १५ वर्ष भन्दा बढी भइसक्यो । मेसी र रोनाल्डोले बालोन डी अर मा पनि राज गरिरहे । क्लब फुटबलमा सबै सफलता चुमेका मेसी र रोनाल्डोले अहिलेसम्म विश्वकप भने जित्न सकेको छैनन । 

सन् २०१४ मा मेसी विश्वकपकाे उपाधि संघारमा पुगेका थिए । मेसीको नेतृत्वमा अर्जेन्टिनाले ब्राजिलमा सम्पन्न  विश्वकपकाे  फाइनल सम्मको यात्रा गरेको थियो । तर मेसीको विश्वकपको उपाधि सपनामा जर्मनी बाधक बन्यो । जर्मनीले ब्राजिल विश्वकपको फाइनलमा जर्मनीलाई १-० ले हराएको थियो ।

सेमिफाइनलसम्मको यात्रा तय गर्नु नै रोनाल्डोका लागि विश्वकपमा सबै भन्दा ठूलो उपलब्धी हो । लुइस फिगोको नेतृत्वमा पोर्चुगलले २००६ जर्मनी विश्वकपमा अन्तिम चार सम्मको यात्रा गरेको थियो । जहाँ पोर्चुगल  फ्रान्ससँग १–० पराजित भएको थियो । पोर्चुगल आयोजक जर्मनीसँग तेस्रो स्थानको का लागि भएको खेलमा ३–१ ले पराजित भएको थियो ।

कतार विश्वकप २०२२  दुवैका लागि विश्व फुटबलको महाकुम्भमा  सफलता हात पार्ने सम्भवत अन्तिम अवसर हो ।

ब्यावसायिक खेलाडी जीवनमा यी दुई खेलाडीले जित्न बाँकी केही छैन । फुटबलमा बनेका विभिन्न कीर्तिमानहरु पनि यी दुवैको नाममा छ । चाहे त्यो सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान होस् वा सर्वाधिक बालोन डी’अरको । यद्धपी मेसी र रोनाल्डोले विश्वकपको नकआउट चरणमा गोल गर्न सकेका छैनन । 

मेसी र रोनाल्डाका लागि यो पाँचौ विश्वकप सहभागिता हो । अहिलेसम्म मेसीले समूह  चरणमा कुल ६ गोल गर्दा रोनाल्डोले ५ गोल गरेका छन् । अन्तिम विश्वकप सहभागिता यादगार बनाउने लक्ष्यमा रहेका मेसी र रोनाल्डो नकआउट चरणमा समेत गोल गर्दै आफ्नो नाममा रहेको खराब रेकर्ड मेटाउन चाहन्छन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।