पुस १, २०८२ बुधबार | १०:२४:११
चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी

‘जायन्ट किलर’ छविमा स्विट्जरल्यान्डको आशा

काठमाडौं । रोजर फेडेरर, स्विट्जरल्यान्डका यी टेनिस खेलाडीलाई नचिन्ने खेलप्रेमी विश्वमा नहोलान । फेडरर विश्व खेलकुदकै महान प्रतिमा मध्ये एक हुन् । करियरमा २० पटक ग्राण्ड स्लाम जितेका उनले स्विट्जरल्याण्डलाई विश्व माझ चिनाए ।

फेडेररबाट विश्व खेलकुदमा गतिलो प्रभाव छोडेको स्विट्जरल्यान्डको फुटबल भने त्यति रवाफ जमाउन सफल छैन । फेडेरर जस्तो खेलाडी भाग्यले मात्र पाइन्छ । तर, भाग्य नै सबैथोक होइन । घरेलु लिग र फुटबल गतिविधिको उचित व्यवस्थापन गर्न सके फुटबलमा पनि स्विट्जरल्यान्डले रवाफ जमाउन सक्छ । किनकी त्यहाँ फुटबलको संस्कार एकदमै पुरानो र संवृद्ध छ ।

स्विट्जरल्याण्ड फिफाको संस्थापक सदस्य मध्ये एक हो । फिफाको मुख्यालय स्विट्जरल्याण्डको जुरिचमा नै छ । युरोपेली फुटबल महासंघ (युइएफए)को मुख्यालय पनि नियोन, स्विट्जरल्यान्डमै छ । त्यसका बावजुद फुटबल अत्यन्तै लोकप्रिय रहेको यो देशले अन्तरर्राष्ट्रिय फुटबलमा अहिलेसम्म कुनै ठूलो उपलब्धि हासिल गरेको छैन ।

यसअघि खेलेका ११ विश्वकपमा बढिमा क्वार्टरफाइनल सम्ममात्र पुगेको इतिहासमा यसपाली सुधार गर्नु स्विट्जरल्यान्डको लक्ष्य हुनेछ । टोली १९३४, १९३८ र १९५४ का विश्वकपमा अनितम आठसम्म पुगेको थियो ।

१८९४ मै स्विस फुटबल संघ स्थापना भएर औपचारिक रुपमा फुटबल गतिविधि सुरु गरे पनि अहिले सम्म स्विट्जरल्यान्डले हासिल गरेको उपलब्धि भनेको पेरिस ओलम्पिक १९२४ को रजत पदक हो । त्यतिबेला फाइनलमा टोली उरुग्वेसँग ३-० ले हारेको थियो ।

विश्व फुटबलमा मध्यम टोलीको हैसियतमा रमाउँदै आएको स्विट्जरल्यान्डले मंसिर चार बाट कतारमा सुरु हुने विश्वकपमा १२औं पटक सहभागिता जनाउँदैछ । यसअघि खेलेका ११ विश्वकपमा बढिमा क्वार्टरफाइनल सम्ममात्र पुगेको इतिहासमा यसपाली सुधार गर्नु स्विट्जरल्यान्डको लक्ष्य हुनेछ । टोली १९३४, १९३८ र १९५४ का विश्वकपमा अनितम आठसम्म पुगेको थियो ।

१९३४ इटाली विश्वकप स्विट्जरल्याण्डले खेलेको पहिलो विश्वकप हो । १६ देश सहभागी प्रतियोगितामा स्विट्जरल्याण्ड दोस्रो चरणसम्म पुग्यो । प्रतियोगितामा सिधै नकाआउट चरण खेलाइएको थियो । पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ३-२ ले पराजित गर्यो । दोस्रो खेलमा चेकोस्लाभियासँग भेट हुँदा टोली ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

चार वर्षपछि १५ देश सहभागी फ्रान्स विश्वकप १९३८ मा अन्तिम १६ मा जर्मनीलाई टाइब्रेकरमा हराएको टोली अन्तिम आठमा हंगेरीसँग २-० ले पराजित हुँदै घर फर्कियो । त्यसपछि ब्राजिल विश्वकप १९५० मा स्विट्जरल्यान्ड आयोजक ब्राजिल, युगोस्लाभिया र मेक्सिको रहेको समूहमा तेस्रो बन्दै समूह चरणबाटै बाहिरियो ।

१९५८ मा स्विट्जरल्यान्ड आफैले विश्वकप आयोजना गरेको थियो । घरेलु भूमिमा टोली इङ्ल्यान्ड, इटाली र बेल्जियम सम्मिलित समूहमा दोस्रो भयो । प्लेअफमा तेस्रो स्थानको इटालीलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे पनि अस्ट्रियासँग ७-५ ले पराजित भएपछि स्विट्जरल्यान्डको यात्रामा पूर्णविराम लाग्यो ।

अस्ट्रिया र स्विट्जरल्यान्डबीचको त्यो खेल विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै सर्वाधिक गोल भएको खेल हो । खेलमा स्विट्जरल्यान्डका जोसेप हुगी र अस्ट्रियाका थियोडर वेग्नरले ह्याट्रिक गरेका थिए ।

त्यसको चार वर्षपछि स्वीडेनमा भएको विश्वकपमा छनोट हुन असफल टोलीका लागि चिलीमा १९६२ र इङ्ल्यान्डमा १९६६ मा भएका विश्वकप इतिहासकै खराब रहे । दुवै संस्करणमा समूह चरणका सबै खेलमा पराजय भोग्दै टोली चाँडै घर फर्किएको थियो ।

त्यसपछि स्विट्जरल्यान्डलाई विश्वकपमा फर्किन २८ वर्ष लाग्यो । अमेरिकामा १९९४ मा भएको विश्वकपमा पुनरागमन जनाउँदा स्विट्जरल्यान्ड फिफा विश्व वरियताको अहिलेसम्मकै सबभन्दा उत्कृष्ट तेस्रो स्थानमा थियो । अमेरिका १९९४ मा उसले उद्घाटन खेलमा अमेरिकासँग १-१ को बराबरी खेल्यो । दोस्रो खेलमा रोमानियालाई ४-१ ले पराजित गरेको टोलीले तेस्रो खेलमा कोलम्बियासँग २-२० को हार बेहोर्यो ।

त्यसक्रममा स्विट्जरल्यान्डले जिनेदिन जिदानको फ्रान्सलाई गोलरहित बराबरीमा रोकेपछि नवप्रवेशी टोगो र दक्षिण कोरियालाई समान २-० को अन्तरमा हराएको थियो ।

एक जित र एक बराबरीको नतिजाले दोस्रो चरण पुगेको टोली अन्तिम १६ मा स्पेनसँग ३-० ले पराजित भयो । दुई वर्षपछि त्यही टोली पहिलो पटक महादेशीय प्रतियोगिता युरोपियन च्याम्पियनसिपलाई छनोट भयो । जहाँ स्विट्जरल्यान्डको यात्रा समूह चरणमै सीमित भयो ।

त्यसपछि टोलीले चार पटक युरोपियन च्याम्पियनसिप खेल्यो । २००४ र २००८ का दुई संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । २००८ को युरोपियन च्याम्पियनसिप अस्ट्रियासँग मिलेर स्विट्जरल्यान्ड आफैले आयोजना गरेको थियो । २०१६ मा अन्तिम १६ सम्मको यात्रा गरेको टोली २०२० मा अन्तिम आठ सम्म पुग्यो ।

विश्वकपमा १९९४ पछि फेरि उपस्थितीका लागि स्विट्जरल्यान्डले जर्मनी २००६ सम्म प्रतिक्षा गर्यो । जहाँ टोली फ्रान्स, दक्षिण कोरिया र टोगो सम्मिलित समूहबाट विजेता बनेर अन्तिम १६ सम्म पुग्यो । त्यसक्रममा स्विट्जरल्यान्डले जिनेदिन जिदानको फ्रान्सलाई गोलरहित बराबरीमा रोकेपछि नवप्रवेशी टोगो र दक्षिण कोरियालाई समान २-० को अन्तरमा हराएको थियो ।

अन्तिम १६ मा भने गोलरहित बराबरीपछि टाई ब्रेकरमा धकेलिएको खेलमा स्विट्जरल्यान्ड युक्रेनसँग पराजित हुँदै बाहिरियो । यात्रा धेरै लामो नभए पनि जर्मनी यात्रामा एउटै गोल नखानु स्विट्जरल्यान्डले गर्व गर्न लायक पक्ष थियो ।

२०१० मा पहिलो खेलमै स्पेनलाई १-० ले स्तब्ध पारेको टोलीले दोस्रो खेलमा चिलीसँग १-० को हार बेहोर्यो । तेस्रो खेलमा होन्डुरससँग गोलरहित बराबरीमा रोकिएपछि स्विट्जरल्यान्डको यात्रामा पूर्णविराम लाग्यो ।

ब्राजिलमा २०१४ मा भएको विश्वकप पनि स्विट्जरल्यान्डका लागि सुखद रहेन । इक्वेडर, फ्रान्स र होन्डुरस रहेको समूहबाट अगाडि बढे पनि अन्तिम १६ मा भने लियोनेल मेसीको अर्जेन्टिनासँग १-० ले पराजित भएपछि टोली त्यहीँबाटै घर फर्कियो ।

चार वर्षअघिको विश्वकपमा ब्राजिल, कोस्टारिका र सर्बिया सम्मिलित समूहबाट स्विट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरण प्रवेश गर्यो । अन्तिम १६ मा स्वीडेनसँग पराजित भएपछि स्विट्जरल्यान्डको रुस यात्रा टुंगियो ।

छनोट चरणका आठ खेलमा पाँच जित र तीन बराबरी नतिजा निकालेको स्विट्जरल्यान्डले इटालीलाई दुई अंकले पछि पारेको थियो । इटालीले भने चार जित र चार बराबरी नतिजा निकालेको थियो ।

यसपाली कतारमा पनि स्विट्जरल्यान्डले पछिल्लो विश्वकपका दुई प्रतिद्धन्द्धी ब्राजिल र सबियासँग समूह चरणमै प्रतिस्पर्धा गर्नुपर्नेछ । ब्राजिललाई यसपाली पनि प्रतियोगिताको मुख्य दाबेदार मानिएको छ । यसअर्थमा टोलीको कतार यात्रा सहज नहुने अनुमान स्वभाविक छ ।

तर, युरोपेली छनोटको समूह ‘सी’ बाट गत वर्ष मात्र युरोपियन च्याम्पियनसिप जितेको इटालीलाई पाखा लगाएर आएको स्विट्जरल्यान्ड आफ्नो जायन्ट किलर छविबाट भने आशावादी छ । छनोट चरणका आठ खेलमा पाँच जित र तीन बराबरी नतिजा निकालेको स्विट्जरल्यान्डले इटालीलाई दुई अंकले पछि पारेको थियो । इटालीले भने चार जित र चार बराबरी नतिजा निकालेको थियो ।

ठूला टिमलाई पनि निराश पार्न सक्ने एउटा मध्यम टोलीको छविका साथ कतार पुग्ने स्विट्जरल्यान्डले नोभेम्बर २४ मा हुने पहिलो खेलमा अफ्रिकी टोली क्यामरुनको सामना गर्नेछ । त्यसपछि टोलीले समूह चरणमा ब्राजिल र सर्बियासँग खेल्नेछ ।

हेर्नलायक खेलाडी

जेर्डान साकिरी (सिकागो फायर)

विंगर जेर्डान साकिरीले तीन पटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा स्विट्जरल्यान्डको प्रतिनिधित्व गरिसकेका छन् । कतारमा उनी व्यक्तिगत चौथो सहभागिताका लागि जाँदैछन् ।

कतार विश्वकप खेल्ने स्विस खेलाडीमध्ये साकिरी सबैभन्दा अनुभवी हुन् । ३१ वर्षे साकिरीले राष्ट्रिय टोलीबाट एक सय आठ अन्तर्राष्ट्रिय खेल खेल्दा २६ गोल गरेका छन् । यसै सिजन फ्रेन्च क्लब लियोनबाट अमेरिकी मेजर लिग सकरको क्लब सिकागो फायर सरुवा भएका साकिरीले बायर्न म्युनिख, इन्टर मिलान र लिभरपुल जस्ता युरोपका प्रतिष्ठित क्लबहरुबाट खेलिसकेका छन् ।

साकिरी दुई पटक युरोपियन च्याम्पियन्स लिग जित्ने एक्ला स्विस खेलाडी हुन् । उनले २०१३ मा बायर्न म्युनिख र २०१९ मा लिभरपुलबाट त्यस्तो उपलब्धि हासिल गरेका थिए । विश्वकपमा ४ गोल गरिसकेका साकिरीले २०१४ ब्राजिल विश्वकपमा होन्डुरोसविरुद्ध ह्याट्रिक गरेका थिए ।

कतारमा स्विट्जरल्यान्ड पछिल्लो चरणहरुसम्म पुग्ने हो भने साकिरीबाट गोल निस्कन आवश्यक छ । साकिरीसँगै ग्रानिट जाका र यान सोमरको प्रदर्शन पनि महत्वपूर्ण रहनेछ ।

विश्वकपमा स्विट्जरल्याण्ड

विरुद्ध क्यामरुन (अल जुनब रंगशाला)
मंसिर ८ गते, दिउँसो ३ः४५ बजे

विरुद्ध ब्राजिल (रंगशाला ९७४)
मंसिर १२ गते, राति ९ः४५ बजे

विरुद्ध सर्बिया (रंगशाला ९७४)
मंसिर १६ गते, राति १२ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team