आश्विन ३०, २०८२ शुक्रबार | ०८:३५:०६
आइसीसी महिला एकदिवसीय विश्वकपः अस्ट्रेलियाको सानदार जित अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा नेपाल एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र थाइल्यान्ड भिड्दै लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता आइसीसी महिला एकदिवसीय विश्वकपः अस्ट्रेलियाको सानदार जित अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा नेपाल एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र थाइल्यान्ड भिड्दै लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता

एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र थाइल्यान्ड भिड्दै

नेपाली राष्ट्रिय महिला यु–१७ फुटबल टोलीकी रक्षक मिनमाया श्रेष्ठ र मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । एएफसी महिला यु-१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । चोनबुरी रंगशालामा खेल नेपाली समयअनुसार ५ः१५ बजे हुनेछ ।

बुधबार नेपालले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग बराबरी खेलेको थियो । हिलाम्मे मैदानमा नेपालले आधा दर्जनभन्दा बढी अवसर सृजना गरेपनि निर्णायक गोल गर्न चुक्यो ।

एसियन कपका पछिल्ला ९ वटै संस्करणमा छनोट भएको थाइल्यान्डलाई हराए नेपालले ऐतिहासिक सफलता हासिल गर्नेछ । पहिलो खेलमा तुर्किमिनिस्तानको पोस्टमा १७ गोल गरेको थाइल्यान्डलाई बराबरीको नतिजा फाइनल प्रतियोगिताको ढोका खोल्न पर्याप्त हुनेछ ।

तुर्किमिनिस्तानविरुद्ध थाइल्यान्डका सात खेलाडीले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाएका थिए । पहिलो हाफमा ९ गोल गरेको थाइल्यान्डले दोस्रो हाफमा ८ गोल थपेको थियो । अहिलेसम्म छनोट चरण पार गर्न नसकेको नेपालका लागि सेन्टरब्याक अलिजा कुमारी बिक र मिनमाया श्रेष्ठमाथि थाइल्यान्डको आक्रमण रोक्न ठूलो जिम्मेवारी रहनेछ । त्यस्तै पछिल्लो खेलमा ‘टेस्ट’ नभएकी गोलकिपर भरना डुम्राकोटी आज थाइल्यान्डको आक्रमण रोक्न व्यस्त हुने अनुमान गर्न सकिन्छ ।

नेपाली राष्ट्रिय महिला यु-१७ फुटबल टोलीकी फरवार्ड अनिता रानामगर तुर्किमिनिस्तानको खेलका दौरान बल प्रहार गर्दै, तस्विर सौजन्यः एन्फा ।

तुर्किमिनिस्तानविरुद्धको खेलपछि नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडी थकित भएको तर्क गरेका थिए । थाइल्यान्डविरुद्ध आवश्यक तयारी गरेर मैदानमा प्रस्तुत हुने उनले बताएका थिए ।

‘खेलाडी गोल गर्न हतार भएको जस्तो देखियो । पानीले गर्दा गाह्रो पनि भयो । खेलाडी थकित देखिए,’ श्रेष्ठले भने, ‘थाइल्यान्डविरुद्ध रक्षात्मक शैलीमा प्रस्तुत हुनेछौं । काउन्टर आक्रमणलाई सदुपयोग गर्ने योजना छ ।’

तुर्किमिनिस्तानविरुद्ध ४-४-२ फर्मेशनमा उत्रिएको नेपाल थाइल्यान्डविरुद्ध ५-४-१ मा प्रस्तुत हुने अनुमान गर्न सकिन्छ । यदि यसो हो भने पहिलो खेलमा बेन्चमा सीमित भएकी रक्षक अन्सु बिकले मौका पाउने अनुमान गर्न सकिन्छ । फरवार्डमा श्रेष्ठले यमकुमारी बिक र अनिता रानमागरमध्ये कसलाई विश्वास गर्नेछन्, त्यो मूल जिज्ञासाको विषय हो ।

समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाउने छ ।


भिडियो
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI