आश्विन २८, २०८२ बुधबार | २१:५६:१०
ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो रोनाल्डोको नयाँ रेकर्ड ‘मेसी कप’ युथ फुटबल प्रतियोगिता गर्ने लियोनल मेसीको घोषणा ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो रोनाल्डोको नयाँ रेकर्ड ‘मेसी कप’ युथ फुटबल प्रतियोगिता गर्ने लियोनल मेसीको घोषणा

कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी

काठमाडौं । पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा नेपालले एएफसी यु-१७ एसियन कप छनोटमा तुर्किमिनिस्तानविरुद्ध दूर्भाग्यजनक बराबरी खेलेको छ ।

बुधबार चोनबुरी रंगशालामा सम्पन्न समूह ‘एफ’को खेलमा तुर्किमिनिस्तानका गोलकिपर लेली शारिपोभा नेपालले गोल गर्न नसक्नुको मुख्य कारण बनिन् । नेपालका आधा दर्जनभन्दा बढी अवसरमा शारिपोभा बाधक बनिन् ।

मुसलधारे वर्षाबीच हिलाम्मे मैदानमा नेपालले खेल अवधिभर तुर्किमिनिस्तानलाई दबाबमा राख्यो । तर, गोल भने निस्किएन । नेपालले सातौं मिनेटमा पहिलो अवसर सृजना गरेको थियो । तर, बक्सभित्रबाट कप्तान भूमिका बुढाथोकीको लेफ्ट फुटेड प्रहार गोलकिपर लेली शारिपोभाले बचाइन् । ३३औं मिनेटमा मिडफिल्डर बब्तिका कार्कीको कर्नरमा फरवार्ड अनिता रानामगरको हेडरले गोलपोस्टको दिशा लिन सकेन । पाँच मिनेटपछि भूमिकाको पासमा फरवार्ड यमुकमारी बिकको फस्ट टच प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन । एक मिनेटपछि बब्तिाको सुन्दर थ्रु पासमा अनिताको प्रहार शारिपोभाले बचाइन् ।

खेलको ४९औं मिनेटमा भूमिका र अनिताले तुर्किमिनिस्तानको अनियन्त्रित रक्षापङ्क्तिको फाइदा उठाउन सकेनन् । ६१औं मिनेटमा भूमिकाको पासमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी स्ट्राइकर पूजा गिरीको प्रहार शारिपोभाले बचाइन् । तीन मिनेटपछि अनिताको ‘एटेम्प्ट’मा पुनः शारिपोभा बाधक बनिन् ।

खेलको ७०औं मिनेटमा बब्तिकाको प्रहार शारिपोभाले बचाइन् । ७६औं मिनेटमा ग्यान्सु डोल्मा लोको फ्रिकिक पासमा यमकुमारीको हेडर शारिपोभाले बचाइन् । निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा रक्षक अलिजा कुमारी बिकको प्रहार क्रसबारमा लागेर फर्किँयो ।

नेपालले शुक्रबार दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग खेल्नेछ । थाइल्यान्डले पहिलो खेलमा तुर्किमिनिस्तानलाई १७–० ले पराजित गरेको थियो । बुधबारको नतिजासँगै तुर्किमिनिस्तानको एसियन कप पुग्ने चुनौती सकिएको छ । थाइल्यान्डलाई हराए नेपाल शीर्ष स्थानमा रहँदै अर्को वर्ष चीनमा हुने एसियन कपमा पुग्नेछ । नेपालसँग बराबरी नतिजाले थाइल्यान्डलाई एसियन कप पुर्याउनेछ ।

त्यसैले अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाउने हो भने नेपालले थाइल्यान्डलाई हराउन


भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना