फाल्गुन ५, २०८२ मंगलबार | ०७:४८:५८
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

लियो, डिआरएस र हुम्मिङ बर्डलाई उपाधि

चितवन । लियो इ-स्पोर्टस, डिआरएस गेमिङ र हुम्मिङ बर्डले बागतमी इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितेका छन् ।

चितवनको भरतपुरमा सम्पन्न प्रतियोगितामा लियो पब्जी मोबाइइल, डिआरएस अनर अफ किंग्स र हुम्मिङ बर्ड एमएलबिबीमा च्याम्पियन बने ।

अनलाइनमार्फत भएको पब्जी मोबाईलमा टिटुके इस्पोर्टस दोस्रो, किलर अफ माउन्टेन्स तेस्रो र फ्याबुलस फोरले चौथो स्थान हासिल गरे । उनीहरुले क्रमश ६५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

ल्यान इभेन्टको रूपमा भएको एमएलबिबीमा पिङ पोङ दोस्रो, एचएफएच  इ-स्पोर्टस तेस्रो र द नाइन्टिन सेभेन्टिफाइभ चौथो स्थानमा रहे । शीर्ष चार टोलीले क्रमश ३० हजार, २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । 

अनर अफ किंग्समा लियो इ-स्पोर्टस दोस्रो, गफलाइक इ-स्पोर्टस तेस्रो र कलर अफ गेम्स चौथौं स्थानमा रहे । 
विजेता डिआरएसले ५० हजार तथा उपविजेता लियोले ३० हजार रुपैयाँ हासिल गरे ।

इ-फुटबलमा साकार श्रेष्ठ पहिलो, सोनम श्रेष्ठ दोस्रो, लाकेश गुरुङ तेस्रो र बुद्ध बहादुर भट्टराई चौथौें स्थानमा रहे । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा ४०० टिमका करिब २ हजार खेलाडी सहभागी थिए । कात्तिक १ गतेदेखि प्रतियोगिताका अनलाइन छनोट खेलहरु र कात्तिक ९ र १० गते फाइनल ल्यान इभेन्ट सञ्चालन गरिएको थियो ।

प्रतियोगिताका विजेतालाई आयोजक ई स्पोर्ट्स संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसी, बोर्ड सदस्यहरु सजिब भट्टराई, सिजन भटट्टराई, पुकार केसी तथा सहआयोजक क्यासी स्पोर्टसका प्रबन्ध निर्देशक सुभासिष लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

इ-स्पोर्टस संघको यस वर्षको पहिलो कार्यक्रमको रूपमा यो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितालाई भरतपुर महानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहित विभिन्न निजि संघ संस्थाले सहयोग गरेका थिए ।


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL