वैशाख २८, २०८२ आइतबार | १९:४७:२१
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

दोस्रो पटक विजेता बन्ने लक्ष्यमा इङल्यान्ड र पाकिस्तान

मेलबर्न । इङल्यान्ड सन् २०१० पछि पहिलो पटक ट्वान्टी२० विश्वकप क्रिकेटको उपाधि जित्ने लक्ष्यमा रहेको छ । तर इङल्यान्डको विजेता बन्ने लक्ष्यमा पाकिस्तानका साथै मेलबर्नको मौसम बाधक बन्न सक्छ ।

प्रतियोगिताको सुरुआतबाटै वर्षाका कारण केही खेल प्रभावित भएको थियो । आज हुने फाइनलमा मात्र नभई सोमबार राखिएको रिर्जभ डे मा समेत वर्षा हुने सम्भावना उच्च रहेको छ । जसले उपाधि भिडन्त खल्लो बनाउन सक्छ । वर्षाकै कारण दुवै टोलीले कम्तीमा समान १० ओभर नखेलेमा इङल्यान्ड र पाकिस्तनलाई संयुक्त विजेता घोषणा गर्ने सम्भावना पनि रहेको छ । 

सेमिफाइनलमा भारतमाथि १० विकेटको सानदार जित निकालेको इङल्यान्ड सोही आत्मविश्वासका साथ पाकिस्तानविरुद्ध मैदान उत्रनेछ । सो खेलमा कप्तान जस बट्लर र ओपनर एलेक्स हेल्सले उत्कृष्ट साझेदारी गरेका थिए । यी दुईले आज पनि बलियो साझेदारी गरेमा पाकिस्तानका लागि त्यो भारी हुन सक्छ । इङल्यान्ड सन् २०१६ पछि पहिलो पटक ट्वान्टी२० विश्वकपको फाइनल प्रवेश गरेको हो ।

पाकिस्तानले भने नौ वर्षपछि फाइनलमा स्थान बनाउने क्रममा उत्कृष्ट लयमा रहेको न्युजिल्यान्डको यात्रा सात विकेटले समाप्त पारेको थियो ।

 

साहिन साह अफ्रिदी लयमा फर्किएकाले पनि पाकिस्तान इङल्यान्डविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ । 

चोटका कारण भारतविरुद्धको सेमिफाइनल गुमाएका इङल्यान्डका बलर मार्क उड आज पाकिस्तानविरुद्धको फाइनलमा पनि उनी मैदान उत्रने सम्भावना न्युन रहेको छ । त्यस्तै शीर्ष क्रमका ब्याटर डाविड मालनले पनि चोटकै कारण पाकिस्तानविरुद्धको फाइनल खेल्ने सम्भावना कम छ ।

इङल्यान्डले पछिल्लो सातमध्ये पाँच ट्वान्टी२० खेल जितेको छ । यी दुई टोली अक्टोबरमा अभ्यास खेलमा आमने सामने भएका थिए । जुन खेल इङल्यान्डले जितेको थियो ।
यता प्रतियोगिताको पहिलो खेलबाट स्वभाविक लय गुमाएको भन्दै चर्को आलोचना सहँदै आएका पाकिस्तानका कप्तान बाबर आजमले न्युजिल्यान्डविरुद्ध भने अर्धशतकसहित आफू लयमा आएको संकेत गरेका थिए । 

पाकिस्तानले सन् २००९ मा भारतलाई पाजित गर्दै ट्वान्टी२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP