ज्ञानेन्द्र मल्ल

राष्ट्रिय क्रिकेट टिममा पाँच महिनापछि फर्किए ज्ञानेन्द्र

काठमाडौं । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पाँच महिनापछि राष्ट्रिय क्रिकेट टिममा समेटिएका छन् ।

ज्ञानेन्द्रलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासंग हुने पाँच ट्वान्टी २० र तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने नेपाली टोली  घोषणा गरेको हो ।

ज्ञानेन्द्र मार्चयता टिममा बाहिर रहेका थिए । उनले राष्ट्रिय टिमबाट पछिल्लोपटक मार्चमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध खेलेका थिए ।

टोलीको कप्तानी भने सन्दीप लामिछानेले सम्हाल्ने छन् । यस्तै, उपकप्तान रोहितकुमार पौडेल छन् । नेपाली टिममा अर्जुन साउदले पहिलो पटक स्थान बनाएका छन् । यस्तै टिममा जितेन्द्र मुखिया, भिम सार्की, प्रतिश जिसी र हरिशंकर यादवलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।

केन्यामा हुने शृंखला २५ अगस्ट देखि ५ सेप्टेम्बरसम्म हुनेछ ।  क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले सुरुवातमा टी-२० शृंखला खेल्नेछ ।

नेपालले प्रशिक्षक मनोज प्रभाकरको नेत्तृत्वमा पहिलो शृंखला खेल्न लागेको हो । क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको थियो ।

नेपाली टिम:

ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने (कप्तान), राेहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमेद, अर्जुन साउद, पवन सर्राफ,साहब आलम, किशोर महत्तो, विवेक यादव