कार्तिक १३, २०८२ बिहीबार | ११:३२:४९
युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल नेपाललाई युएईको चुनौती नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल नेपाललाई युएईको चुनौती नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक

काठमाडौं । इङ्ल्यान्डविरुद्ध १७५ रनको फराकिलो जित निकाल्दै दक्षिण अफ्रिका आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिकमा पहिलो पटक विश्वकपको उपाधि नजिक पुगेको हो ।

बुधबार गुहावटीस्थित वर्षापारा क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३२० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४२.३ ओभरमा १९४ रनमै समेटियो ।

इङ्ल्यान्डका लागि कप्तान नटालिया स्क्रिभर ब्रन्टले ७६ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरिन् । यसैगरी एलिस क्यापसीले ७१ बलमा ६ चौकासहित ५०, ह्यानी वायट होड्जीले ३० र लिन्सी स्मिथले २७ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि म्यारिजेन कापले सात ओभरमा तीन मेडनसहित मात्र २० रन खर्चिएर पाँच विकेट लिइन् । यसैगरी नादिन डी क्लार्कले दुई तथा सुने लुस र अयाबोङ्गा खाकाले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३१९ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान लोरा उल्भर्ड्टले १४३ बलमा २० चौका र चार छक्काको मद्दतले सर्वाधिक १६९ रनको योगदान गरिन् । यसैगरी ताज्मिन ब्रिट्जले ४५, म्यारिजेन केपले ४२, क्लो ट्रियोनले अविजित ३३ र नादिन डी क्लार्कले अविजित ११ रन बनाए ।

इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोनले चार, लोरन बेलले दुई र नटालिया स्क्रिभर ब्रन्टले एक विकेट लिए ।

दक्षिण अफ्रिकाले उपाधिका लागि अस्ट्रेलिया र भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain