चैत्र ८, २०८२ आइतबार | ०९:४६:४८
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

नेपाललाई युएईको चुनौती

फाइल तस्विर ।

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अहिले संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकासँग आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखला खेलिरहेको नेपाल निकै खराब लयबाट गुज्रिरहेको छ ।

हालसम्म १७ खेल खेलिसकेको नेपालले पाँच जित र १० हारको नतिजा निकालेको छ । दुई खेल भने विना नजिता टुंगिएको थियो ।

खराब लयकाबीच नेपालले बिहीबार प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको अर्को टोलीको सामना गर्दैछ । र त्यो हो युएई ।

युएईले हालसम्म १७ खेल खेल्दा १४ हार बेहोरिसकेको छ । हाल अंक तालिकामा नेपाल सातौं तथा युएई आठौं स्थानमा छन् ।

खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । नेपाललाई जितको लय समात्ने यो सुनौलो अवसर हुनेछ । तर युएईलाई उसैको मैदानमा हराउन सहज भने छैन । 

नेपाल रोहितकुमार पौडेल तथा युएई राहुल चोपराको कप्तानीमा मैदान उत्रिँदैछन् । शृंखलाकाे पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए ।

विश्व क्रिकेटमा नेपाल र युएई चिरपरित प्रतिद्धन्द्धी हुन् । आफ्नो एकदिवसीय मान्यता जोगाउन संघर्षरत यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच १५ खेल भएका छन् । जसमा नेपाल ९ र युएई ६ खेलमा विजयी भएका छन् । यसबाट पनि थहा हुन्छ दुवै टोलीबीच खासै अन्तर छैन ।

पछिल्ला पाँच खेलमा भने नेपाल युएईमाथि हाबी भएको छ । यी सबै खेल नेपालको पक्षमा गएका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको इतिहासलाई हेर्न हो भने युएई नेपालमाथि हाबी देखिएको छ । यो मैदानमा यी दुईबीच हालसम्म चार खेल हुँदा युएईले तीन र नेपालले एक खेल आफ्नो पक्षमा पारेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो