मंसिर २९, २०८२ सोमबार | १८:१२:२७
यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन

नेपाललाई युएईको चुनौती

फाइल तस्विर ।

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अहिले संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकासँग आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखला खेलिरहेको नेपाल निकै खराब लयबाट गुज्रिरहेको छ ।

हालसम्म १७ खेल खेलिसकेको नेपालले पाँच जित र १० हारको नतिजा निकालेको छ । दुई खेल भने विना नजिता टुंगिएको थियो ।

खराब लयकाबीच नेपालले बिहीबार प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको अर्को टोलीको सामना गर्दैछ । र त्यो हो युएई ।

युएईले हालसम्म १७ खेल खेल्दा १४ हार बेहोरिसकेको छ । हाल अंक तालिकामा नेपाल सातौं तथा युएई आठौं स्थानमा छन् ।

खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । नेपाललाई जितको लय समात्ने यो सुनौलो अवसर हुनेछ । तर युएईलाई उसैको मैदानमा हराउन सहज भने छैन । 

नेपाल रोहितकुमार पौडेल तथा युएई राहुल चोपराको कप्तानीमा मैदान उत्रिँदैछन् । शृंखलाकाे पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए ।

विश्व क्रिकेटमा नेपाल र युएई चिरपरित प्रतिद्धन्द्धी हुन् । आफ्नो एकदिवसीय मान्यता जोगाउन संघर्षरत यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच १५ खेल भएका छन् । जसमा नेपाल ९ र युएई ६ खेलमा विजयी भएका छन् । यसबाट पनि थहा हुन्छ दुवै टोलीबीच खासै अन्तर छैन ।

पछिल्ला पाँच खेलमा भने नेपाल युएईमाथि हाबी भएको छ । यी सबै खेल नेपालको पक्षमा गएका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको इतिहासलाई हेर्न हो भने युएई नेपालमाथि हाबी देखिएको छ । यो मैदानमा यी दुईबीच हालसम्म चार खेल हुँदा युएईले तीन र नेपालले एक खेल आफ्नो पक्षमा पारेका छन् ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team