माघ ८, २०८२ बिहीबार | १९:५२:१९
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले प्रशिक्षक रसको राजीनामा आएको पुष्टि गरे ।

‘म्याट रसबाट राजिनामा आएको छ । अब हामी चाँडै नै नयाँ प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउने छौं,’ महासचिव राईले खेलाडी डटकमसँग भने । ।

उनले बुधबार नै मेलमार्फत पद छाड्ने जानकारी गराएका थिए । टोलीको खराब प्रदर्शनपछि रसले नैतिकताको आधारमा पद छाड्ने निर्णय लिएको बताइएको छ ।

रस गत फागुनमा एक वर्षको सम्झौतामा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।

रसले भिसेन्जो अल्बर्टो एनेसको स्थान लिएका थिए । एनेसको सम्झौता गत वर्षको जेठमा सकिएको थियो । यसबीचमा नवीन न्यौपानेले अफगानिस्तान र ताजकिस्तानसँगको खेलमा अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

रसको नेतृत्वमा नेपालले सात अन्तर्राष्ट्रिय खेलमा एक जित, दुई बराबरी र चार हारको नतिजा निकाल्यो । रसको डेब्यू  खेलमै नेपालले सिंगापुरलाई हराएको थियो त्यसपछि भने टोलीले जित निकाल्न सकेको छैन ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate