कार्तिक २४, २०८२ सोमबार | ०९:५६:५२
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । ओपनर आसिफ सेखको नवौं ट्वान्टी-२० अन्तर्राष्ट्रिय अर्धशतकप्रेरित नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)समक्ष १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा जारी सुपर सिक्सको दोस्रो खेलमा मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले लक्ष्यअनुरुपको योगफल खडा गर्न सकेन ।

अन्तिम चार ओभर युएईको कसिलो बलिङ नेपालको मध्यक्रम नचल्नुको प्रमुख कारण रह्यो । अन्तिम चार ओभरमा नेपालले ९.२५ को रनरेटमा मात्र ३७ रन जोड्न सक्यो ।

आसिफले ४७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५१ रनको योगदान गरे । उनका ओपनिङ जोडी कुशल भुर्तेलले २६ बलमा समान दुई चौका र छक्कासहित २८ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २० रनमा पेभिलियन फर्किँदा मध्यक्रमका ब्याटर गुल्सन झाले दुई चौका र एक छक्कासहित १४ रन जोडे । यसैगरी तेस्रो नम्बरमा आएका कुशल मल्लले १० रनमा आउट भए ।

युएईका लागि ६ खेलाडीः जुनेद सिद्धिकी, मुहम्मद रोहिद खान, जाहीद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान एक विकेट आफ्नो नाममा लेखाए ।

नेपालले आठौं ओभरको अन्तिम बलमा पहिलो विकेट गुमायो । भुर्तेल हर्षित कौशिकको पहिलो ओभरमा एलबिडब्लुको शिकार बने । त्यसपछि क्रिजमा आएका रोहितले आसिफसँग मिलेर ३९ रनको साझेदारी गरे । १५औं ओभरको दोस्रो बलमा युएईले रोहितको विकेट हासिल गर्यो । मुहम्मद रोहिदको बलमा रोहित ‘लङ अन’मा वैकल्पिक खेलाडी मुहम्मद फरूकबाट क्याच भए । जतिबेला नेपालले ‘स्कोरबोर्ड’मा ९५ रन जोडेको थियो ।

आठ रन जोडिन नपाउँदै आसिफको विकेटमा युएई खुसी भयो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १५ सय रनको आँकडा पूरा गरेका आसिफ ध्रुव पराशरबाट बोल्ड भएका थिए । यसबीच १६औं ओभरको तेस्रो बलमा नेपालले एक सय रनको आँकडा पूरा गर्यो । आसिफ पेभिलियन फर्किएसँगै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरि एक रनमा आउट भए । दीपेन्द्र हैदरको बलमा ‘लङ अन’मा मुहम्मद वसीमबाट क्याच भए । अब क्रिजमा थिए पछिल्लो खेलका ‘प्लेयर अफ दि म्याच’ गुल्सन झा र आक्रमक ब्याटर कुशल मल्ल ।

गुल्सनको ब्याटिङ लयले निरन्तरता पाउन सकेन । तीन बललाई बाउन्ड्री पार लगाएका गुल्सनलाई जुनेद सिद्धिकीले आफ्नो शिकार बनाए । उनी फरूकबाट क्याच भए । १९औं ओभरको दोस्रो बलमा कुशल जहीद अलीको शिकार बने । उनी विकेटकिपर राहुल चोप्राबाट क्याच भए ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन