आश्विन २५, २०८२ आइतबार | १४:४४:५५
हाफ म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान एन्फा गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक स्थगित अफगानिस्तानले जित्यो बंगलादेशविरुद्धको एकदिवसीय शृंखला प्रीतिसम्मिलित इत्तिहाद शीर्ष स्थानमा उक्लियाे काभा नेसन्स कपका लागि नेपाली भलिबल टोली घोषणा नेपाल र युएई भिड्दै जर्ज मुन्से विराटनगर किंग्समा अनुबन्ध लिग व्यवस्थापन र सरंचनामा सुधार गर्न क्लबको माग केभिआर समिट च्यालेन्जसः डेनियल र एनीलाई उपाधि हाफ म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान एन्फा गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक स्थगित अफगानिस्तानले जित्यो बंगलादेशविरुद्धको एकदिवसीय शृंखला प्रीतिसम्मिलित इत्तिहाद शीर्ष स्थानमा उक्लियाे काभा नेसन्स कपका लागि नेपाली भलिबल टोली घोषणा नेपाल र युएई भिड्दै जर्ज मुन्से विराटनगर किंग्समा अनुबन्ध लिग व्यवस्थापन र सरंचनामा सुधार गर्न क्लबको माग केभिआर समिट च्यालेन्जसः डेनियल र एनीलाई उपाधि

नेपाल र युएई भिड्दै

फाइल तस्विर, क्यान ।

काठमाडौं । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आइतबार चिरपरिचित प्रतिद्धन्द्धी युएईको सामना गर्दैछ । 

खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो ।

दुई अंकका साथ सुपर सिक्समा रहेको नेपाल युएईलाई हराउँदै विश्वकपमा पुग्ने सम्भावनालाई अझ बलियो बनाउने लक्ष्यमा हुनेछ ।

रोहितकुमार पौडेको कप्तानीमा रहेको नेपाललाई, आसिफ शेख, गुल्शनकुमार झा, दीपेन्द्रसिंह ऐरी सोमपाल कामी जस्ता खेलाडीको साथ रहने छ ।

पछिल्लो खेलमा जापानििवरु आसिफले ३८ रन बनाएका थिए । यसैगरी गुल्शनले अविजित २८ रन बनाउनुका साथै दुई विकेट पनि लिएका थिए ।

यता युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो ।

दुई अंक रहेको युएई पनि नेपाललाई हराउँदै विश्वकप यात्रा सहज बनाउने सोचमा छ ।

यता मोहम्मद वसिमको कप्तानीमा रहेको युएई अलिशान शराफु, हर्षित कौशिक, हैदर अली, ध्रुव परासर जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

मलेसियाविरुद्धको पछिल्लो खेलमा शराफुले ३४ रन प्रहार गरेका थिए । 

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा हालसम्म यी दुईबीच १० खेल भएका छन् । जसमा दुवै टोलीले समान पाँच खेल आफ्नो पक्षमा पारेका छन् ।


भिडियो
शीर्ष डिभिजन क्लबको आरोपः एन्फा लिग गराउनै चाँहदैन II TOP TIER LEAGUE II ANFA II CLUBS
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM