काठमाडौं । जापानले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटमा शुक्रबार समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालसामू १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा टस हारेर ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रनको योगफल तयार पार्यो ।
जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन बनाए ।
दोस्रो विकेटका लागि फ्लेमिङ र रहमानबीच ८६ रनको साझेदारी भएको थियो । नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी र नन्दन यादवले समान एक विकेट लिए ।
भिडियो
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll