आश्विन २३, २०८२ शुक्रबार | २३:१२:०८
लगातार दोस्रो जित निकाल्दै नेपाल समूह विजेता जापानले दियो नेपाललाई १३२ रनको लक्ष्य एएफसी एसियन कप छनोट खेल्ने यु-१७ फुटबल टोलीको बिदाइ जापानविरुद्ध फिल्डिङ गर्दै नेपाल लुम्बिनी स्पोर्टस अवार्ड नेपालगन्जमा हुने नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने लगातार दोस्रो जित निकाल्दै नेपाल समूह विजेता जापानले दियो नेपाललाई १३२ रनको लक्ष्य एएफसी एसियन कप छनोट खेल्ने यु-१७ फुटबल टोलीको बिदाइ जापानविरुद्ध फिल्डिङ गर्दै नेपाल लुम्बिनी स्पोर्टस अवार्ड नेपालगन्जमा हुने नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने

लगातार दोस्रो जित निकाल्दै नेपाल समूह विजेता

तस्विर, क्यान ।

काठमाडौं । नेपाल समूह विजेताका रूपमा आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा शुक्रबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानविरुद्ध  पाँच विकेटको जित दर्ता गर्यो ।

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अंक जोड्यो । पराजित जापान पनि समान खेलबाट दुई अंकका साथ उपविजेताका रूपमा अगाडि बढ्यो ।

सुपर सिक्समा नेपालको दुई अंक रहनेछ । यसअघि दुवै टोलीले कुवेतलाई पराजित गरेका थिए ।

जापानले प्रस्तुत गरेको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले ३८, गुल्शनकुमार झाले अविजित २८, कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले अविजित १४ रन बनाए ।

जापानका लागि शोम स्लाटले दुई तथा सबौरिश रविचन्द्रन र डेक्लन सुजुकी म्याककोम्बले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रनको योगफल तयार पारेको थियो ।

जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन बनाए ।

दोस्रो विकेटका लागि फ्लेमिङ र रहमानबीच ८६ रनको साझेदारी भएको थियो । नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी र नन्दन यादवले समान एक विकेट लिए ।


भिडियो
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll