चैत्र ११, २०८२ बुधबार | १६:३४:०६
दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा

लिग व्यवस्थापन र सरंचनामा सुधार गर्न क्लबको माग

होम एण्ड अवे लिगमाथि धारणा राख्न शीर्ष डिभिजनका क्लबहरुले राखेको कार्यक्रममा प्रेस विज्ञप्ति वाचन गर्दै हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रस्तावित ‘होम एन्ड अवे’ लिगका बारेमा छलफल गर्न बोलाइएको बैठकअघि शीर्ष डिभिजनका ९ क्लबले संयुक्त रुपमा लिग व्यवस्थापन र संरचनामा व्यापक सुधारको माग गरेका छन् ।

एन्फाले गत असोज ४ गते पत्रमार्फत शीर्ष डिभिजनका १४ क्लबलाई असोज २६ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ फर्म्याट र रोकिएको एन्फा यु-१६ युथ लिगका बारेमा छलफल गर्न बोलाइएको बैठकको अघिल्लो दिन ९ क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै विभिन्न सुधारको माग गरेका हुन् ।

नेपाली फुटबलमा व्यावसायिकता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न एन्फाले आधारभूत मुद्दाहरुलाई सम्बोधन गर्नुपर्नेमा क्लबहरुले जोड दिएका छन् । क्लबहरुले एन्फालाई एसियाली फुटबल महासंघ (एएफसी)सँग समन्वय गरि लिग सञ्चालन गर्न पूर्ण अधिकारसहितको स्वतन्त्र लिग समिति गठन गर्न आग्रह गरेका छन् । समितिलाई आर्थिक, कानुनी, निष्पक्ष तथा व्यवस्थित तरिकाले लिग व्यवस्थापन गर्न अधिकार दिनुपर्ने क्लबहरुको माग छ ।

त्यस्तै क्लबहरुले एन्फाले लिग आयोजना गर्नुभन्दा पहिले उचित पूर्वाधारमा सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै ‘होम एन्ड अवे’ खेलका बारेमा स्पष्ट प्रावधान माग गरेका छन् । एन्फाले एएफसी र एन्फा स्वयमको मापदण्ड अनुरुप कम्तिमा १० वर्षको लागि घरेलु मैदानको कानुनी अधिग्रहणलाई सहज बनाउन माग गरेका छन् ।

क्लबहरुको जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार क्लबहरुलाई ‘टिम लजिस्टिक’ र खेल सञ्चालन खर्च उपलब्ध गराउन र शीर्ष ६ भित्र अटाउने क्लबहरुको पुरस्कार रकम बढाउने माग पनि उल्लेख गरिएको छ । यसैगरी सम्बन्धित सरकारी निकायहरुसँगको समन्वयमा नेपालको कानूनअन्तर्गत ‘म्याच फिक्सिङ’ र सट्टेबाजी जस्ता आपराधिक कार्यलाई कडाईका साथ रोक्न आधिकारिक निकाय गठन गर्ने प्रस्ताव पनि क्लबहरुले गरेका छन् ।

एएफसी क्लब लाइसेन्स मापदण्डहरु पूरा गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै एन्फालाई लिग सुरु हुनुभन्दाअघि नै सबै १४ टोलीले आवश्यक मापदण्डहरु पूरा गर्न सक्ने वातावरण सिर्जना गर्न क्लबहरुले आग्रह गरेका छन् । यसबीच सहभागी सबै टोलीसँग परामर्श र सहमतिपछि मात्र लिग ‘मोडेल’ र प्रतिस्पर्धाका नियमहरुलाई अन्तिम रुप दिन जोड दिइएको छ ।

एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा न्युरोड टिम (एनआरटी), फ्रेन्ड्स क्लब, श्री भगवती क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र मछिन्द्र क्लबका पदाधिकारीको उपस्थिति थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो