काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पहिलो विकेट गुमाएको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेलले २६ बलमा समान दुई चौका र छक्कासहित २८ रनको योगदान गरे ।
हर्षित कौशिकको पहिलो ओभरमा एलबिडब्लुको शिकार बनेका भुर्तेलले २६ बलमा समान दुई चौका र छक्कासहित २८ रनको योगदान गरे ।
आठौं ओभरको पहिलो बलमा नेपालले ५० रनको आँकडा पूरा गरेको थियो । आठ ओभरको समाप्तिमा नेपालले ५७ रन जोडेको छ । भुर्तेल पेभिलियन फर्किएसँगै कप्तान रोहित पौडेल क्रिजमा आएका छन् ।
भुर्तेलसँग अर्धशतकीय साझेदारी गरेका आसिफ सेख २१ बलमा तीन चौका र एक छक्कासहित २७ रनमा ब्याटिङ गरिरहेका छन् ।