काठमाडौं । भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारको क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले यो घोषणा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत १५ वर्षे आफ्नो करिअरलाई विश्राम दिने निर्णय लिए ।
३७ वर्षीय पुजाराले सन् २०१० मा भारतीय क्रिकेट टोलीका डेब्यू गरेका थिए । उनले भारतका लागि १०३ टेस्ट र पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले टेस्टमा १९ शतक र ३५ अर्धशतकसहित ७ हजार १९५ रन बनाएका छन् । पुजारा सन् २०१० मा अस्ट्रेलियाविरुद्धको खेलमार्फत टेस्ट करिअर सुरु गरेका थिए । संयोग नै मान्नुपर्छ उनले आफ्नो करिअरको अन्तिम टेस्ट पनि अस्ट्रेलियाविरुद्ध खेले । त्यो सन् २०२३ को जुनमा भएको विश्व टेस्ट च्याम्पियनसिप फाइनल थियो ।
यसैगरी पूजाराले सन् २०१३ मा जिम्बावेविरुद्ध पहिलो तथा २०१४ मा बंगलादेशविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेले । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५१ रन बनाएका छन् ।