चैत्र २६, २०८१ मंगलबार | ००:२९:५१
किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने

हङकङ जाने क्रिकेट टोलीको बिदाइ

हङकङ जाने क्रिकेट टोलीको बिदाइ गरिदै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । हङकङमा  बुधबारदेखि  सुरु हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलमा सहभागिता जनाउने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह, प्रवक्ता छुम्बी लामालगायतले टोलीको बिदाइ गरे ।

नेपालका नवनियुक्त प्रशिक्षक स्टुवार्ट ल हालसम्म आइनपुगेका कारण यो शृंखलामा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षण सम्हाल्ने भएका छन् । उनले पछिल्लो समय नेपाल ‘ए’  टिम सम्हालेका थिए ।

अप्रिल ९ देखि १३ सम्म हुने शृंखलामा नेपाल, हङकङ, कतार र कुवेतले सहभागिता जनाउने छन् ।

नेपालले अप्रिल ९ मा कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ ।

शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

रोहितकुमार पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा लोकेश बम, साहब आलम, बसिर अहमदले पुनरागमन गरेका छन् । यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका  छन् । 

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शनकुमार झा, कुशल मल्ल, शाहब आलम


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL