चैत्र २६, २०८१ मंगलबार | ०४:०६:३१
किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने

सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले सहारा क्लब पोखरालाई राज्यले वार्षिक बजेट दिनेपर्ने बताएका छन् ।

पोखराको दोबिल्लास्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष   आचार्यले खेलकुदको क्षेत्रमा निरन्तर लाग्दै आफ्नै एकेडेमी सञ्चालन गरी राज्यलाई ठूलो योगदान गरेका कारण क्लबलाई राज्यले नै वार्षिक बजेटको व्यवस्थापन गर्न अत्यावश्यक रहेको धारणा राखे ।

उपाध्यक्ष आचार्यले सहाराले खेलाडी विकास र खेलकुदलाई जीवन्त राख्न चालेको कदमको उच्च कदर गर्दै राखेपबाट बजेट विनियोजनका लागि पहल गर्ने सुनाए । उनले प्रक्रिया पुरा गरेर फाइल राखेपमा ल्याउन समेत आग्रह गरे । 

सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्णबहादुर गुरुङले सहाराको स्थापनाकालदेखि आहा रारा पोखरा गोल्डकपको २४औं संस्करणसम्म आइपुग्दाको सफलता उतार चढाबको बारेमा जानकारी गराएका थिए । सहारा क्लब पोखराका पदाधिकारीले क्लबले अनाथ तथा विपन्न परिवारका बालकहरूलाई फुटबल सिकाउँदै आइरहेको र एकेडेमी सञ्चालनको मूल आधार नै आहा रारा पोखरा गोल्डकप रहेको र अब राखेपले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

सहारा क्लबका अध्यक्ष केशवराज बरालले सहारालाई सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै उपाध्यक्ष   आचार्यको प्रतिबद्धताले थप हौसिएको सुनाए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले पोखरा रंगशालालाई बजेटको आवश्यकता रहेको र फ्लड लाइट जडान गर्न सकेमा फिफाका अन्तर्राष्ट्रिय खेल खेलाउन सकिने हुँदा त्यसका लागि बजेट विनियोजन गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू विक्रम थकाली, विरभद्र आचार्य, महासचिव राम्जीप्रसाद अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । सहारा एकेडेमीमा हाल ३० जना बालक आश्रीत छन् । एकेडेमी सञ्चालनका लागि वार्षिक ६५ लाख रुपैयाँ खर्च हुने गरेको छ ।


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL