चैत्र २६, २०८१ मंगलबार | ००:५७:३२
किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने

यमनको निर्णायक गोलमा श्री कुमारीको पहिलो जित

सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बाँसबारी क्लबविरुद्ध ‘म्यान अफ दी म्याच’ जित्न सफल खेलाडी यमन महर्जन, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । फरवार्ड यमन महर्जनको निर्णायक गोलमा श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा अंकतालिकाको पुछारमा रहेको श्री कुमारीले पाँचौं स्थानको बाँसबारी क्लबमाथि १-० को झिनो जित हासिल गर्यो ।

जितसँगै पाँच खेलबाट तीन अंक जोडेको श्री कुमारी एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लियो । श्री कुमारी माथि उक्लिएसँगै एक खेल कम खेलेको नयाँबस्ती युवा क्लब दुई अंकसहित पुछारमा झरेको छ ।

यो नतिजाले बाँसबारीको शीर्ष डिभिजन बढुवा हुने लक्ष्यमा धक्का पुगेको छ । लगातार दोस्रो खेल हारेको बाँसबारी ६ अंकसहित पाँचौं स्थानमा यथावत रह्यो । पछिल्लो खेलमा बाँसबारीले विरगंज युनाइटेडविरुद्ध २-१ को हार बेहोरेको थियो ।

यमनले खेलको ७५औं मिनेटमा हेडर गोल गरेका थिए । निशान्त प्रधानले राइट साइडबाट दिएको कटब्याकलाई सदुपयोग गरेका यमनले बललाई दोस्रो बारको जाली चुमाएका थिए । 

दिनको दोस्रो खेलमा ११औं स्थानमा रहेको मध्यपुर युथ एसोसिएसनले १२औं स्थानको ब्वाइज युनियन क्लबको सामना गर्नेछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । 


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL