चैत्र १९, २०८१ मंगलबार | ०६:२७:३५
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

आइपिएलः लगातार दोस्रो जितको लक्ष्यमा चेन्नई र बेङ्लुरु

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपिएल) मा शुक्रबार एक-अर्काको सामना गर्दा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्लुरु लगातार दोस्रो जितको लक्ष्यमा हुनेछन् ।

खेल चेन्नईस्थित एम चिदम्बरम रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

पहिलो खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई चार विकेट तथा बेङ्लुरुले कोलकाता नाइट्सराइडर्सलाई सात विकेटले पराजित गरेका थिए ।

रुतुराज गायकवाडको कप्तानीमा रहेको चेन्नई महेन्द्रसिंह धोनी, रचिन रविन्द्र, नुर अहमद, रविन्द्र जडेजा जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

पहिलो खेलमा रचिनले अविजित ६३ रन बनाउँदा नुरले चार विकेट लिएका थिए ।

यता रजत पाटिदारको कप्तानीमा रहेको बेङ्लुरुलाई विराट कोहली, फिल साल्ट, जोश हेजलउड, क्रुणाल पाण्डेयाजस्ता खेलाडीले साथ दिनेछन् ।

आइपिएलमा हालसम्म यी दुईबीच ३३ खेल भएका छन् । जसमा चेन्नईले २१ र बेङ्लुरुले ११ जित निकालेका छन् । एक खेल विना नतिजा टुंगिएको छ ।

गत संस्करणमा चेन्नई ६ विकेट र बेङ्लुरुले २७ रनले विजयी भएका थिए ।


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC